Wednesday, 21 December 2016

दुई नावालक छोराहरुलाई गाँठी निमोठेर हत्या गर्ने गुल्मीकी एक महिलालाई आज जिल्ला अदालत गुल्मीले सर्वस्व सहित जन्म कैद

गुल्मी, पौष–५ । दुई नावालक छोराहरुलाई गाँठी निमोठेर हत्या गर्ने गुल्मीकी एक महिलालाई आज जिल्ला अदालत गुल्मीले सर्वस्व सहित जन्म कैद सजाएँको फैसला गरेको छ । २०७२ साल वैशाख ५ गते राती हाडहाडे ९ की २५ वर्षिया शान्त पुनले सौताका छोराहरु ७ वर्षिय विवेक पुन र ५ वर्षि विक्रम पुनको निर्मतापुर्वक घाँटी थिचेर मारेकी थिईन् । हाल सम्म पुर्वक्षका लागि थुनामा रहेकी पुनलाई जिल्ला न्यायधिश मातृकाप्रसाद कोईरालाको विशेष ईजालासले उक्त सजाएँको फैसला आज गरेको सो अदालतका श्रेतेदार दुर्गाप्रसाद वस्यालले जानकारी दिए । मुलुकी ऐन, ज्यान सम्वन्धी महलको १२ ( २ ) र १३ ( ३ ) वमोजिम प्रतिवादी पुनलाई सर्वस्व सहित जन्म कैदको सजाएँ फैसला गरेको उनले बताए । श्रीमान विदेश भएको र ति नावालकहरुकी आमा दोश्रो विवाह गरेर गएको मौका छोपी एक वर्ष अघि मात्र विवाह गरेर आएकी पुनले अंश एक्लै खाने नियतका साथ ति दुई नावालकहरुको हत्या गरेको बताईएको छ । राती एउटा छोरालाई हत्या गरे पछि अर्का सुतेका छोराले पोल खोली दिने डरले उसलाई पनि घाँटी च्यापेर मारेको उनले उति वेलै प्रहरी संग वयान दिएकी थिईन् । कान्छो छोरा निदाए जस्तो गरेर डराउँदै निदाए जस्तो गरेको वेला उनले घाँटे च्यापेको बताई रहँदा ति निर्दयी आमालाई साराले धिक्कार्दै आएका थिए । मारेर रातभरी भित्र राखिएका ति छोराहरुलाई करेण्ट लागेर मरेका हुन् भन्ने पार्न उनले माथील्लो तलाको ढोका छेउँमा रहेको मिटर बक्समा जानी नजानी तार जोडेर वाहिर ल्याई उनिहरुको शवमा तार छुवाएकी थिईन् । लक्सारै भुईमा ढलाईएको ति वालकहरुको शव देखाउँन उनले छिमेकीलाई गुहारेकी थिईन् । उक्त घटना गुल्मी जिल्लाको सव भन्दा बढि निर्दयी घटना मानिन्छ ।

Friday, 9 December 2016

समुन्द्रपारी ओइलिएको फुल

जब सातसमुन्द्र पारी को बिरानो बगर मा कुनै नेपाली फुल ओईलिएको हुन्छ अनि ती लाखौ करोडौ प्रदेशी नेपाली को आत्मा मन ओईलिएको हुन्छ । हरेक दिन पराई नगरी मा नेपाली फुल ओईलिरहेका छन। (तस्वीर मलेसियामा दुर्घटना पश्चात लालहादुरको तस्बिर फेसबुक बाट लिईएको हो प्रबासमा ज्यान गुमाउने हेरेक नेपालीको आत्मा ले शान्ती पाओस) जसअनुरुप केही गजलका सेयर बाट÷ धेरै थिए बाचा हरु प्रदेश मा टुटेर गए आमा, अझै बाच्ने रहर थियो नियतिले लुटेर गए आमा// जानै पर्ने नियम रैछ खै कस्तो लेखा भावी को, कलिलो उमेर सँगै भाग्य फुटेर गए आमा // छटपटाएको थिए म चिच्याएको थिए धेरै, एक्कासी सास मेरो तन बाट छुटेर गए आमा// आज सम्म को लेखा रहेछ आउछु अर्को जुनिमा, जिन्दगी को दियो अनायसै बुतेर गए आमा// नियतीले हजारौ रहर र सपना हरु चकना चुर पारी दियो। म के गरु आमा। ए आमा सुनौला सपना बुन्दै पैसा को रुख मा चढ्दै थिएं। दिनानु दिन परिवार को सपना साकार पार्ने र आफ्नो सुनौलो भबिष्य खोज्दै थिए,म त ती सपना पूरा गर्नै नसकि म भुईमा टाउकोको भर लडन पुगे, आमा मेरो टाउको फुटेर रगत को खोला बगि रहेको थियो। म छटपटाई रहेको थिए। तडपी रहेको थिए। आमा तिमी लाई सम्झेर रोई रहेको थिए। निकै दुखाई थियो सहन गाहारो भएको थियो। छटपटाई रहेको थिए खै कुन बेला कति बेला यो सास ले नै छोडेर गयो आमा मलाई नै थाहा भएन। आज म हस्पिटल को एउटा कुना मा काठ को बाकस भित्र कहिले नउठने गरि जिन्दगी को निन्द्रा सुति रहेको छु आमा। म आतुर छु तिमी सामु पुग्न लाई मेरो परिवार र मेरो जन्मभुमी पुग्न लाई। ए आमा जब काठ को बाकस खोलेर मेरो मुहार हेर्दा तिमी मुर्छा पर्छौ होला ए आमा आफुले आफू लाई समाहाले है। अनि अन्तिम पटक तिम्रो काख मा राख है आमा किन कि थोरै पल भए पनि म तिम्रो ममता को ताप चाहान्छु। ए आमा आज यो जिन्दगी ले यो नियती ले मलाई तिमी बाट धेरै पर लादैछ आमा । जहाँ कि म चाहेर पनि फर्की आउन सक्दिन। ए मेरि आमा मलाई हरपल नभए पनि कुनै कुनै पल सम्झिदै गर्नु है किन कि म फेरि अर्को जुनि मा आउने छु तिम्रो छोरा बनेर अनि यो जुनि मा अधुरा रहेका ती सब थोक पूरा गर्नेछु। के गर्छौ त आमा यस्तै रहेछ यो सँन्सार को नियम जानै पर्ने। म माफी चाहान्छु आमा सम्पुर्ण परिवार र साथी सँगी सँग कुनै भुल हरु भएका भए। ए आमा किन यति निस्ठुरी हुन्छ यो दैव जहाँ कि पलभर मै लैजाने गर्छ! ए आमा आज यो पराईनगरी ले साची नै पराई बनाएर छोड्यो आमा। मर्ने कसै लाई रहर हुदैन तर नमरेको प्रहर हुदैन भागेर जाउ म आमा कुन ठाउँ जाउँ मान्छे नमर्ने शहर हुदैन। केही सम्पादन सहित फेसबुक बाट साभार गरिएको

Wednesday, 7 December 2016

Kathmandu Region at risk of larger earthquake,warn scientist s

An earthquake much more powerful and damaging than last year’s 7.8 magnitude quake could rock Kathmandu and the Himalayan Frontal Fault, scientists have warned. Scientists conducted field research and analysis in the year following the 2015 Gorkha earthquake in Nepal, which killed 9,000 people and destroyed 600,000 structures throughout the region. Steve Wesnousky from the University of Nevada in the US has been studying the Himalayan Frontal Fault for 20 years. “We conducted a number of paleoearthquake studies in the vicinity of Kathmandu in the past year, digging trenches and studying soils and faultlines looking back over the past 2,000 years,” said Wesnousky. “Coupled with the historical record, it is apparent the faults are capable of earthquakes far greater than the Gorkha earthquake,” he said. Last year’s earthquake and aftershocks could be viewed as a warning of a more powerful earthquake that could rock the region with even more devastating effects. The team’s observations shows the Tribeni site is probably approaching or is in the later stages of strain accumulation before a large earthquake, which could produce 15- to 30-foot high fractures in the earth. “Our observations suggest that this section of the Himalayan Frontal Thrust fault, extending about 200 kilometers from Tribeni to Bagmati, may rupture simultaneously, and the next great earthquake near Kathmandu may rupture an area significantly greater than in the Gorkha earthquake,” Wesnousky said. “It is prudent to consider that the fault near Kathmandu is in the later stages of a strain accumulation cycle prior to a great thrust earthquake, much greater than occurred in 2015. In these regards, the 2015 Gorkha earthquake did not diminish the current level of seismic hazard in Kathmandu,” he said. The team visited the Kathmandu region several times for hands-on study of the faultlines. They dug two deep trenches near the mouths of major rivers at Tribeni and Bagmati. They examined structural, stratigraphic (layers of rocks and soils) and radiocarbon relationships in trenches across the fault where it has produced steep banks in soil deposited by the rivers. In these trenches is evidence that earthquake displacement along this part of the Himalayan Frontal Thrust has produced surface ruptures resulting in a scarp, a steep bank, of at least five metres or 15 feet vertical separation sometime between the years 1221 and 1262 in Tribeni, located about 200 kilometers south of Kathmandu. At the Bagmati site, the vertical separation across the scarp registers about 10 metres, or 30 feet and possibly greater, and was formed between 1031 and 1321 AD. The study was published in the journal Earth and Planetary Science Letters.

Wednesday, 30 November 2016

सम्पतीको नाममा एउटा भैंसी, चन्दा उठाएर आमाको क्रिया

" मुग्लानी दिपक थापा" गुल्मीको पुर्कोटदहमा सुत्केरी आमाको मृत्यु भए संगै आमाको क्रियाक्रम चन्दा उठाएर दुई नबालिका हरुले गरेका छन,कर्तिक २० गते सुत्केरी भएकी दुर्गाप्रसाद भुसालकी २६ श्रीमती दुर्गाकुमारी कार्तिक २३ गते बिरामी परेकी थिईन र मंसिर ३ गते उनको मृत्यु भएको थियो,पक्षघात कारण बिरामी परेकी दुर्गाकुमारीलाई आर्थिक अभाबका कारण उनलाई पहिला कति पनि उपचार गर्न लगिएको थिएन,स्थानियका अनुसार उनि एक हरनै नचल्ने गरि ढलेपछी मात्र अर्घाखाँचीको संधिखर्क बाट बुटवल पुर्‍याईए पनि आर्थिक अभाब कै कारण उनको उपचार असम्भव बनेको थियो,अहिले तिनीहरुको भबिष्यमा सजिलो गराउने उद्देश्यले लेखाइ पढाइ को सहयोगमा जुटेको स्थानिय बताउछ्न,उनिहरुको सम्पत्तिको नाममा गोठमा एउटा भैंसी मात्र छ, सुरुमा बाझकटेरी मा रहेका आफ्ना दाजुभाई लाई क्रिया गरिदिन आग्रह गरे पनि नमानेपछी बर्ष १२/११ कि दुई नाबालिका छोरीलाई क्रिया गर्न बसालिएको थियो भने बर्ष ८ र ६ कि दुई छोरी हरुलाई उमेर कम भएको कारण क्रियामा राखिएको थिएन,उनले अन्तिम क्षणमा जन्म दिएकी छोरी भने स्थानिय सिक्षक ले धर्मपुत्रीको लागि जिम्मा दिईएको छ ,उनीहरुले सहयोगको लागि सबै संग आग्रह गरेका छ्न, सहयोग गर्न चाहने हरुले छिमेकी बोम बहादुर कुवर ९८६७२०५२४२ मा सहयोग गर्न सक्ने बताएका छन,त्यस्तै ब्यक्तिगत तबर तथा त्यहा का संस्था श्री जनप्रिय युबा क्लब पुर्कोटदह गुल्मी, मदाने युबा कलब बाझकटेरी ले पनि सहयोग संङ्कलन मा तिब्रता दिईरहेका छ्न !

Tuesday, 29 November 2016

A boy looking after his small brother

Nepal is a poor landlocked country located on south east of Asia. Though it is rich on all kinds of core resources but still it is poor country. From my blog I want to share my thoughts on this particular subject with intension of gathering all kind of thoughts and opinions from all the viewers. I particularly advised all viewers to accept as challenge and please join as a team. Success won’t be coming unless we move forward. I believe, for any success generating ideas is first step to move forward. Those people who heard of Nepal, we all know it is a beautiful country, rich on natural resources and more importantly habitat of kindness people. With all those characters but Nepal is still Poor country. Two quarter of population live on poverty level, on a verge of collapse, lack of needed services to citizens and there are many more where its shows all needed characters to be name as poorest country. And similarly it has all characters to a rich country. For example, Nepal is second richest country on clean waters, nation of beautiful scenarios, habitat of several unique animals and birds, full of resources and many many more. I can go on for days to list all those. So with all those why still Nepal is a poor country and what should be done to overcome such obstacles?

Sunday, 27 November 2016

गरिब भएकै कारण आफन्त हरुले कृया गरिदिएनन

"मुग्लानी" दिपक थापा गुल्मीको पुर्कोटदहमा गरिब भएकै कारण आफन्तले आमाको क्रिया गरिदिएनन गर्ब मा रहेको छोरीलाई जन्म दिएपछि ३६ बर्षको उमेरमा असामहिक निधन हुदा भुसाल परिवारको बिचल्ली भएको छ,आर्थिक अबस्था अत्यन्तै कमजोर भएकालेे आफ्नो सहोदर दाजु भाइहरु नहुदा अन्य दाजुभाइहरुले काजक्रिया गर्न नमाने पछी बर्ष ११,र १२ बर्षिया मालता र सङिता आफ्नी आमाको चिरशान्तिको कामना गरि पुरानो रुढीबादी परम्परा सस्कार लाइ चुनौती दिदै छोरा हरुले गर्ने काम हामी छोरी हरुले नि गर्न सक्छौ भन्ने सन्देश का साथ आफ्नो आमाको घाट मा गएर अन्तिम दाहासंस्कार गरेका हुन। आर्थिक अबस्था अत्यन्तै कमजोर हुदा सानो ६ दिन को दुधे बालक लाई पाल्न नसकेपछि अर्कैलाइ धर्म छोरी बनाएर पाल्न दिईएको छ भने अहिले क्रिया बसिरहेका छोरीहरुलाइ आमा गुमाउनुको पिडा एकातिर छ भने अर्कोतिर भोलि के खाने स्कुल कसरी जाने क्रिया खर्च कसरी जुटाउने भनेर बसिरहेका छन । तपाईं हाम्रो सानो सहयोगले यी बेसाहारा बनेका साना नानी हरुलाइ केहि राहात अबश्य मिल्नेछ मानबताको नाताले पनि केही थोरै आर्थिक संकलन गर्न सकियो भने थोरै यो बेसहारा नानी हरुको आशु पुच्छन सकिने छ । तसर्थ देसप्रदेसमा रहनु हुने सम्पुर्ण साथि भाइ आफन्त गुल्मी बाशी पुर्कोट बासिहरुलाइ सानो सहयोगमा हातेमालो गरिदिनुहुन हर्दिक विनम्र अनुरोध गर्न चाहन्छु

Friday, 28 October 2016

दिदीलाई चिठि

प्यारी दिदी, सात समुन्द्र पारीबाट मुटु भरिको माया अनि अबिरल सम्झना । दिदी म यहाँ सन्चै छु । त्यहाँ पनि तपाइँ लगायत भान्जाहरु, भिनाजु सन्चै हुनुहुन्छ होला भन्ने आशा लिएको छु । खै किन हो दिदी आजकाल सदाको भन्दा धेरै गाउँ घर अनि तपाईंहरुको यादले सताउँछ । हुन त गाउँ घरमा चाडबाड आएको छ । यो समयमा अनलाइन, रेडियो र अन्य सामाजिक सञ्जालमा देउसी भैलो जस्ता तिहार झल्काउने गीतहरु बजिरहेका छन् । त्यसले गर्दा यो सदाबहार जीवनयापन गर्न बानी परेको बिदेशी मनलाई पनि भित्रैदेखि उत्साहित बनाउँछ । त्यो उत्साहले भौतारिएर तन कर्म भूमी र मन जन्म भूमी तिर बिभाजन हुन पुग्दो रहेछ । म अनायासै टोलाउन पुग्दो रहेछु । यदाकदा हराउन पुग्दो रहेछु । अनि आफ्नै मनको कल्पनामा चाडबाडको रौनकमा रम्न पुग्दो रहेछु । खै थाहा छैन कस्ले छेक्यो, रोक्यो यो बिदेशिलाई वास्तविक रुपमा चाडबाडसँग रम्नलाई ? म त कस्तो काल्पनिक मान्छे जस्तो सधैँ कल्पनापुरमा गएर चाडबाड मनाउनु पर्ने ! दिदी, गाउँ घरमा त तिहारको रमझम बड्दै होला । टोल छिमेक अनि रन बन सबै तातेको होला है ? रङ्गिन सयपत्री अनि मखमलीका गुच्छाले रङ्ग्याइएको होला । साँझ बिहान गाउँका सबै जना जम्मा हुँदै विभिन्न किसिमका झ्याउरे गीत र देउसी भैलोका गीत गाउँदै दुई जना मिलेर दोहोरी गाउदा त आहा ! कति मज्जा आउँदो हो ।धेरै पटक भयो हजुरको हातको टीका लाउछु भनेको पनि । तर के गर्ने दिदी यहाँ बिदेशमा न समय आफ्नो हुन्छ, न निर्णय । यहाँ मान्छेको इच्छा र भावनासँग मतलब हुँदैन । यहाँ त बल र सामथ्र्य सँग मतलब हुँदो रहेछ । दिदी मलाई थाहा छ पक्कै हजुरले मलाई माफगर्नु हुने छैन । तर सम्झनाले अनि हजुरहरुको न्यास्रोले अतालिएको यो परदेशी मनलाई शान्त पार्न र हजुरको आत्मा सम्मानको लागी यो पत्र लेख्दै छु । यो परदेशमा बस्नु मेरो रहर हैन, बाध्यता हो भन्ने कुरा हजुरले बुझ्नु हुनेछ । म कसरी ब्यक्त गराैँ दिदी । यो समय अर्थात तिहारको समयमा यमलोकबाट यमराजपनि बहिनी यमुनासँग टीका लगाउन फुर्सद मिलाएका थिए भने, यहाँ त मलाई तिहार अनि हजुरहरुको सम्झनामा एउटा पत्र लेख्ने पनि समय मिल्दैन । दिदी म जहाँ भएपनि मैले आफ्नै जन्मभूमी अनि आफ्नो परम्परालाई भुलेको छैन । यो चाडबाडको बेलामा म बिदेशमा भएपनि, मैले हजुरको हातबाट प्रत्यक्ष टीका नलगाए पनि मेरो मन भित्रको काल्पनापुरमा पुग्छु र अप्रत्यक्ष वा काल्पनिक रुपमा मैले हजुरलाई भेटेर हजुरको हातबाट निधारमा सप्तरङ्गी टीका र कहिलै नओइलिने मखमलिको माला लगाएको हुन्छ अनि मन भरी आशीर्वाद लिन्छु । बिदेशमा पनि तिहार त आएको हुन्छ । म नेपाली हुँ त्यसैले म जहाँ गएपनी मेरो नेपालीपन अनि आफ्नो परम्परासँगै हुन्छ । त्यसैले आफ्नो परम्परालाई सदा जीवित राख्न भएपनि म समय मिलाएर सुटुक्क मनको रङ्गमञ्चमा कल्पनै कल्पनामा तिहार मनाउँदै छु । दिदी समय दुई किसिमको हुन्छ रे ! एक किसिमको समय आफ्नो बाहुमा नरहेको समय, अर्थात अरुप्रती समर्पित गर्नु परेको समय । जुन अहिले मैले गुजारी रहेको समय । यो समय सबै अरुको समय हो । जहाँ म अघोषित जेल भित्रको जीवन यापन गरिरहेको छु । अनि अर्को किसमको समय हो आफ्नै बाहुमा भएको समय जुन समयमा आफ्नै किसिमले रमाउन सक्छौं । भनिन्छ नी दुःख पछि सुख आउछ । अनि दुःख भएपछी मात्र सुखको अनुभुती हुन्छ । दिदी प्रतीक्षाको फल मीठो हुन्छ भन्छन् । म यो अघोषित जेल जीवनको करार अबधि सकेर आउने छु । अनि आफ्नै समय आफैले पाउने छु । त्यसपछि तिहार मनाउँला । सबै साथी भाइको साथमा देउसी भैलो खेल्न माथिलो बेसी टोल तिर जानेछाैँ । यतिन्जेलसम्म यो मनभित्र पालेका रहरहरु तेतिबेलै पूरा गरौंला । यो तिहार यस्तै भयो । अर्को सालको तिहार निकै खुसी साथ मनाउँला ल दिदी । यसपटकको तिहारमा हजुरहरु सबै मिलेर रमाइलो गर्नु होला । देउसि भैलो जस्तो रौनक बढाउने परम्परालाई नत्याग्नु होला । सबै जना मिलेर देउसी भैलो खेल्नु होला । अनि तिहार मनाई सकेपछि तिहार कस्तो भयो भन्ने कुरा मलाइ सुनाउनु ल । तिहारको दीप जस्तै अन्धकार चिर्दै बलिरहनु । अनि दिदी–भाइको आत्मीय सम्बन्ध सदा जीवित रहोस् भन्दै २०७३ सालको तिहारको हार्दिक मंगलमय शुभकामना । उही हजुरको मुग्लानी भाई दिपक हाल,अरब

Monday, 10 October 2016

मन गुल्मी तिरै

भोलि दसै । नेपालीहरुले आफूभन्दा ठूलाको हातबाट टीका आशीर्वाद थाप्ने दिन । यतिबेला म साउदी अरब दसैको उत्साह खोज्ने निरर्थक प्रयासमा गरिरहेको छु । तन साउदी अबरमा भए पनि मन गाउँघरमै छ । घरिघरी गाउँ सम्झिरहेको छु । घरको यादले निकै सताइरहेको छ । दसैको दिनको रौनकतामा मन झुलिरहेको छ । भुल्न खोज्छु–सकिरहेको छैन, दसैँको रौनकता । सम्हालिन खोज्दा पनि सकिरहेको छ्रैन । किनकिन मन भारी भइरहेको छ । बिगतका दृश्य–परिदृश्यहरु मानसपटलमा चलचित्रको पर्दामा झैं नाँचिरहेका छन् । भोलि टीका को साईत पुर्कोट कोट को मेला गएर फर्किदा रात को ९,१० नै बजि सकेको थियो त्यसै माथी साथी संग रमाईलो गर्दा सुत्न लाई अल्लि अबेर नै भएछ क्यारे" उठने बेला भयो उठ्न को थाह अनै छैन, रात भरी डुल्छ" आमा को यहि आवाज सगै ब्युझिदा बिहान को १०;१६ भै सकेको रहेछ,म उठेर छिटो छिटो तयार भैइ सक्दा उता आमाले सबै तयारी गरि सक्नु भएको रहेछ, हामी तीन भाइ र एउटि दिदी पुर्ब तिर फर्केर लहरै बस्यौं क्रमशः दा,दिदि पछि आमा को हात रातो टीका सङै मेरो निधार मा आई पुग्छ..... एक्कासी मोवाइलको रिङ टोनले झस्काउँछ । मोवाइल हेर्छु छिटोछिटो मोवाइल हेरेको फोन घरबाट आएको रैछ । उठाउँछु, भन्दाभन्दै फोन सम्पर्कबिच्छेद भइसक्छ । सायद् आमाको फोन हो । यहि अनुमान लगाउँछु । घरको छोरा छोरी घरमा नहुँदा खल्लो महसुस भइरहेको हो । मलाई जस्तो घरमा पनि भइरहेको होला । आमा मलाई सम्झिएर बसिरहनुभएको होला । कति रमाइलो होला गाउँघरमा । गाउँका साथीहरु मिलेर दसैको तयारीमा जुटिरहेका होलान् । म कता–कता हराउन पुगेछु । साथी डिउटी जाने तयारी गर्दा घात्राङ्ग घुत्रुङ्ग मधुरो आवाज सङै । नजिकै आएर चिच्याएर बोलाउँदा झल्यास्स हुन्छु घडी ले पनि बिहान को ०५;५५ बजाई सकेछ आर्लाम को टोन सङै निद्रा खुल्छ हतार हतार मा बिस्तारा मिलाई नुहाउने तयारीमा जुट्छु । बाथरुम खाली छैन । पुनःघडी हेर्छु घडिले ०६;०५ पनि वजेको छ घडी का सुई पनि आ आफ्नै रफ्तार मा कुदि नै रहेका थिए । घरमा हुँदो हुँ त, आमा ढोका ढकढकाउन आइपुग्नुहुन्थ्यो यतिबेला । यहाँ कसले ढकढकाओस् ढोका । कसले जानकारी देओस् ढिलो–चाँडोको । यतिबेला घरमा हुँदो हँु त दसैको तयारीमा जुट्नुपथ्र्यो । फगत यहाँ कहाँ पाइयोस् दसैको तयारी गर्न । तर, त्यसो छैन । साउदी अरब को saudi vitrifiy cly pipe कम्पनीको भिल्लाको कोठामा घर सम्झेर बसिरहेको मैले दसैँको तयारी गर्न कहाँ पाउनु । हरेक दिन बिहानै हुने हल्ला आज पनि जारी छ । बिहान सबेरै उठ्यो । हतार हतारमा उठ्यो नुहाउनका लागि लाइनमा बस्यो नास्ता को लागि पनि लाईनमै बस्यो दैनिकी यो भन्दा केही घटबढ छैन । आजभोलि जताततै दसैको चर्चा देख्छु र सुन्छु विभिन्न सञ्चारमाध्यमदेखि लिएर सामाजिक सञ्जालहरुमा पनि । तर, हामी प्रदेसीहरुलाई के को दसँै केको तिहार सधँै उस्तै छ । बिहानै खबुस्स बोक्यो डिउटी हिड्यो सानो गल्ती गरे पनि सुपर्भाईजर कराउँछ । बादविवाद गर्न खोज्यो भने १ हप्ताको ससबेन्ड हालिदिन्छ । घाटा आफैलाई १0 देखि १२ घण्टा उभियर यसरी थाकिएको हुन्छ अनि त्यसैमा दमन सहेर बाँच्नु पर्दा धेरै दुःख लाग्छ । रोक्दा रोक्दै पनि आँशु झर्छ। फेरि सम्झना घरकै आउँछ, आमाले सानो गाली गर्दा पस्केको भात पनि फालेर सुतिन्थ्यो, एकैछिन पछि आमा आएर सम्झाउनु हुन्थ्यो र कहिलै गाली नगर्ने सर्तमा खाना खुवाउनु हुन्थ्यो । तर, यहाँ बिरामी परेर ओछ्यानमा पर्दा पनि पानी तताएर दिने कोही हँुदैन । अरु त अरु छुट्टी पनि पाइदैन । बिरामी भएर मर्नै लागे पनि काम गर्नैपर्छ । मैले गुल्मी छोड्दा २०६९ भदौ को अन्तिम थियो दसै तिहार को चहलपहल बढ्दै थियो । आउँदै गरेका चाडवाड पनि मनाउन नपाएर बिदेश आएँ–थुप्रै सपनाहरु सँगालेर । तर, यहाँ आएपछि सबै उल्टो भएको छ । न त भनेको काम पाइयो, न त दसै नै भयो । हुन त नेपाल छोडेर आएपछि मजस्ता लाखांै नेपालीहरुको यहि बाध्यता छ । अरु समयभन्दा चाडपर्वहरु आउँदा धेरै दुःख लाग्छ । यति धरै नेपाली हरु कार्यरत देस मा चार्द बाड मा एक दिन छुट्टी दिए पनि आ आफनै तरिका ले मनोरञ्जन गरेर त मनाउथे होला हुन त मुस्लिम कठोर देस मा के पो सोच्थ्यो र अचम्म लाग्छ कतिसम्म हेला गर्न सकेको होला प्रदेशमा नेपालीहरुलाई । त्यहि कम्पनीमा जना विभिन्न देस का मुस्लिम हुन्छन् र पनि उनीहरुलाई वर्षमा दुई पटक ५/५ दिन ईद र बक्रैइदको अबसरमा दछुट्टि हुन्छ । तर, त्यही कम्पनी जहाँ सय २ सय सय नेपाली कामदार हुन्छन्, तिनै नेपालीहरुको दसै तिहार जस्ता महान चाडमा १ दिन पनि छुट्टि हँुदैन । आज गाउँघरको धेरै याद आएको छ । मलाई थाहा छ प्रदेशीको दसै यस्तै हो । सधँै बिहान उठ्यो, हतारहतार लाइनमा बसेर नुहायो, नास्ता खायो ड्यूटी गयो, अनि फेरि दिनभरि गाली खायो । साँझ थाकेर कोठा फर्कियो फेरि फेरि त्यही हल्ला, त्यही होस्टेल त्यही कोठा त्यही कम्पनी त्यही काम , त्यही गाली यहाँ यहि हुन्छ हो यहि हो मेरो दसै प्रदेसीको दसै....... मुग्लानी दिपक

Wednesday, 5 October 2016

अधुरो दसै :~ मुग्लानी दिपक

यस पाली को दसै मनाउने रहर पनि अधुरै रहने पक्का भयो हरेक साल दसै आउदा आर्को दसै मनाउन घर मा आउछु भन्दा प्रदेसमै कयौंं दसै बितिसके, यति बेला गाउँ घर चार्ड्बाडमय बनेको छ होला,म उकाली ओराली गर्ने बाटोमा लेउ र बनमारा सुक्दै जान थाले होलान,पाटाका काल्ना भरी रोपेका मखमली ,गुर्धौली र बाह्रमासे फुल फुलेर रातम्य भएका छ्ब होला, तर मेरि आमा ले अझै पनि पसिना चुहाउदै घाँसको भारी बोकेर खाली खुट्टा उकालो~ओरालो गर्दै हुनुहुन्छ होला र अझै पनि पाईतालाले कुल्चिएको हरेक कुल्चाईमा सन्तानको दु:ख कुल्चिएको महसुस हुन्छ होला तर पनि आंगनको डिलमा बसी क्षितिजसम्म हेर्दै मेरो प्रतिबिम्बको याद गर्दै हुनुहुन्छ होला मैले हरेक फोनमा आमाका शब्दले निसब्द हुन्छ म सङ्ग जफाफ हुदैन किनभने मैले हरेक सालको दसैमा झुटो बोल्ने गरेको छु," म पुनः हिड्ने बिदेस बेलामा कति बिदेस जानू पर्यो अब यहि बसे हुन्न र"यो शब्द कानमा गुन्जिरहन्छ. यो दसै पनि म बिना नै मान्नु होला आगामी दसैमा मलाइ कुनै शक्तिले पनि रोक्ने छैन दुर्गामाताले आशिर्वादले हामी सबैको कल्याण हुनेछ ! प्रणाम!! मुग्लानी

Tuesday, 4 October 2016

एउटा खसीको आत्मकथा

हामी खसीबोकाहरुको पनि मरेपछि नाम राखिन्छ– मटन सेकुवा, मटन बिरयानी, मटन कवाफ भनेर । म खसीले मजस्तै कुखुराको विषयमा जोक भनेको सुनेको छु । कुखुराको चल्लाले माउ कुखुरासँग सोधेछ, ‘ ममी मान्छेको चाहिँ सबैको नाम हुन्छ, हाम्रोचाहिँ किन हुँदैन ?’ माउ कुखुरीले जवाफ दिइछन्, ‘मान्छेको चाहिँँ जिम्दो हुँदाखेरि नाम राख्छन्– राम, श्याम, हरि, राज, मैयाँ, कान्छी, पिङ्की, करिश्मा, करिना । हामी कुखुराहरुको चाहिँ मरेपछि नाम राख्छन्– चिकेन चिल्ली, चिकेन फ्राई, चिकेन म:म, चिकेन कटलेट ।’ हामी खसीबोकाहरुको पनि मरेपछि नाम राखिन्छ– मटन सेकुवा, मटन बिरयानी, मटन कवाफ भनेर । अनि, जिम्दोमा पनि हाम्रो नाम छोटकरीमा हुन्छ । कालो खसी, रातो खसी, पाटे बाख्रो, कालो, सेतो बाख्रो आदि । मेरो ममीको नाम सेती बाख्री हो । ड्याडीचाहिँ थाहा छैन । मेरो ममीले एक बेतमा हामी दुई जना जुम्ल्याहालाई जन्म दिनुभयो रे ! मेरो दाइ कालो, म त रातो छु । सायद मेरो ड्याडी रातो र दाइको ड्याडी कालो भएकाले हामी दुई जनाको रंग फरक भएको होला । कुरा गरेको सुनेको, हामीभन्दा पहिले हाम्रो ममी सेती बाख्रीले थुप्रै बेत पाठापाठी पाउनुभयो रे ! मेरा दाइदिदीहरु धेरै भए रे ! अहिले मेरा दाइहरु हुनुहुन्न । सबै मटन सेकुवा, मटन बिरयानी, मटन करी भएर मान्छेको ट्वाइलेटबाट बगेर वाग्मती, विष्णुमती, धोबीखोलामा बगिसक्नुभयो होला । कोसी, गण्डकी, कर्णालीमा चाहिँ ट्वाइलेट बग्दैन रे ! मेरा दिदीहरु अझै हुनुहुन्छ । भान्जाभान्जी जन्माउँदै हुनुहुन्छ उहाँहरु । हामी सानो हुँदा हामीलाई पाठो भन्थे । हामी बुर्लुक्क बुर्लुक्क उफ्रेर खेल्दा, कम्मर मर्काइमर्काइ उफ्रीउफ्री नाच्दा सबै जना मोहित भएर हेर्थे । हामीलाई बोकेर फोटो खिच्थे । चलचित्र, म्युजिक भिडियोहरुमा हामीलाई राम्रीराम्री तरुनीहरुले छातीमा च्यापेर सुटिङ पनि गर्थे । म चार महिनाको हुँदा हामीलाई पाल्ने साहूको घरमा एउटा मान्छे आयो । साहू र त्यो मान्छेले हामी दुई पाठालाई देखाएर के–के कुरा गरे । मैले अलिअलि सुनेँ– ‘यो कालो रंगको छ, यसलाई बोका नै राख्ने, कालो बोकाको धेरै पैसा आउँछ ।’ मलाई देखाएर साहूले भन्यो– ‘यो रातो रंगवालालाई खसी बनाए पैसा धेरै पाइन्छ ।’ म चार महिनाको केटो, केही थाहा छैन । मलाई खसी बनाउने भनेर कुरा गरेको सुनेर खुब खुसी भएँ । के होला खसी बनाउने भनेको ? मेरो दाइ कालो बोकाले मन खिन्न बनाएर भन्यो– ‘तँलाई चाहिँँ खसी बनाउने रे, मलाई चाहिँँ यत्तिकै राख्ने रे !’ त्यो मान्छेले मलाई खोरबाट लिएर गयो र चोकमा पछार्‍यो । म आत्तिएँ, कराएँ । मेरो साहूले मेरो अगाडिका दुइटा खुट्टा समात्यो । साउनीले पछाडिका खुट्टा च्याप्प समाती । त्यो मान्छेले खल्तीबाट ब्लेड झिकेर मेरो अन्डकोशको बीचमा चिर्‍यो होला । म मरेसरी भएँ । भुतुक्क भएँ । म्याँ म्याँ गरेर चिच्याएँ । यति दुख्यो, यति दुख्यो, दायाँबायाँ केही देखिनँ । साहूको सानो छोरो ‘त्यो मलाई देऊ, म पोलेर खान्छु’ भनेर रोएको सुनेँ । मलाई हनहनी ज्वरो आयो । बाँच्दिनँ कि भन्ठानेको थिएँ, बल्लतल्ल बाँचेँ । खोरबाट हेरिरहेको मेरो कालो बोको दाइले पछि भन्यो– ‘तेरो अन्डकोष चिरेर दुइटै अन्डा झिकेर तेल–बेसार दलिदियो । अनि, तिनलाई तेरो साहूको छोराले पोलेर कचौरामा हालेर तँलाई नै हेरीहेरी खायो ।’ जिन्दगी बेकार भयो मेरो । खालि वनमा चर्न जाने । घाँस खाने । खोरमा आउने । खोले खाने । सुत्ने, बस् । वनमा चर्न जाँदा दाइ कालो बोकोलाई देखेर तरुनीतरुनी बाख्रीहरु खुब मस्किन्छन् । दिनका दिन एउटा न एउटा बाख्रीसँग लभ पर्छ उसको । ऊ त बाख्रीहरुको हुलमा हिरो नै भएको छ । आफू खसी भएकाले राम्रीराम्री बाख्रीहरुसँग बोल्न मन लाग्छ । छिल्लिन मन लाग्छ तर बाख्रीहरुले वास्ता नै गर्दैनन् । हेर्दासम्म पनि हेर्दैनन् । बोकाको त गन्ध पनि आउँदो रहेछ । त्यही गन्ध सुँघ्दै बाख्रीहरु पछि लाग्छन् । खसी भएपछि म बढ्नचाहिँ हलक्क बढेँ । बाउ बन्ने, लभ गर्ने अधिकारचाहिँ साहूले खोसिदियो मेरो । म त भर्खर जन्मेको थिएँ, राम्ररी सम्झन्न । ठूलो भूकम्प आएर हाम्रो साहू बस्ने घर भत्कियो रे ! अनि, साहूहरु हामी बस्ने गोठमा बस्न आए । हामी अनि गाई–भैँसीहरुलाई चाहिँँ अर्को छाप्रो बनाएर राखिदिए । यसपालि पानी पनि धेरै पर्‍यो भन्छन् । हाम्रो खोरमा पानी चुहिएर राम्रोसँग सुत्नै पाएका थिएनौँ राति पनि । बल्लबल्ल बर्खा सकियो । अब त मौसम पनि राम्रो राम्रो सित्तल हुँदै थियो । डाँडाबाट हिमाल पनि कस्तो राम्रो देखिन थाल्या थियो । मान्छेहरु दसैँ लाग्यो भन्दै थिए । गाउँका मान्छेहरु नयाँ लुगा सिलाउने कुरा गर्दै थिए । हाम्रो त पानी तताएर भगवान्ले लगाइदिएको लुगा–जुत्ता सब फुकाल्ने कुरो भइरहेको सुनेँ । गाउँबाट हुलका हुल खसी, बोका, बीचमा बूढीबूढी बाख्रीहरु लिएर गइरहेका छन् व्यापारीहरुले । खोरमा बस्दा सधैँ चराउन वनमा लग्थे । आज लगेनन् । कालो बोके दाइसँग भनेँ– ‘दाइ हुलका हुल हामीजस्तै चौपाया गाउँबाट लगिँदै छ । हामीलाई पनि लग्ने हुन् कि ?’ मलाई ‘टेन्सन’ भयो । साहूको आँगनमा चार–पाँच जना मान्छे आए । हामीलाई खोरबाट झिकेर उचाल्न थाले । मलाई उचालेर एउटाले भन्यो, ‘१५ हजार दिन्छु ।’ साहूले भन्यो, ‘१८ देऊ ।’ उसले भन्यो, ‘ल १६ हजार दिन्छु ।’ मेरो दाइ कालो बोकेलाई उचालेर ‘ल ल यसलाई पनि १६’ भन्यो । हाम्री आमा सेती बाख्री गर्भवती भएकी थिइन् । भाइ अथवा बहिनी के पाउँछिन्, थाहा छैन । आमा टुलुटुलु हेर्दै थिइन् । हामीलाई डोरीले घाँटीमा बाँधेर घिच्याउँदै लिएर गए । केही बेर चिच्याएँ म । हिँडेन भने लठ्ठीले हान्छन् भनेर लुरुक्क परेर हिँड्न थाल्यौँ हामी । एकछिन हिँडेपछि बसको छतमा तानेर राखे । त्यहाँ हामीजस्तै अरु खसीबोकालाई पनि छतमा हाले । कहिल्यै नचिनेकाले खासै कुरा भएको थिएन हाम्रो । एकछिनपछि बोल्न मात्रै के खोजेका थियौँ, बस गुडिहाल्यो । कहिले यताबाट उता हल्लाउँछ । कहिले उताबाट यता हल्लाउँछ । हल्लाउँदै हल्लाउँदै सहरको कोलाहल, धूवाँ, धूलोमा आइपुग्यौँ । छतमा मलाई साह्रै गाह्रो भयो । बसबाट फेरि खुट्टा समातेर तल खसाले । बसबाट ओराल्नासाथै मेरो कालो बोके दाइलाई एउटाले समातेर मोटरसाइकलको बीचमा राख्यो र अर्को मान्छे पछाडि बस्यो । उसलाई समातेर लिएर गए । दाइ मलाई हेरेर ‘बाई बाई...’ गर्दै गयो । दाइलाई कहाँ लगेका हुन्, मसँग किन छुट्याइदिएका हुन् ! म रोएँ । सायद दाइ पनि म्याँयाँ गरेर धेरै रोयो । केही बेरमा ऊ देखिएन । झिसमिसे उज्यालो हुँदै थियो । हामीलाई राखेको पसलको सटर मुटु नै थर्कने गरी खोलियो घ्यार्र... । टिनको ठूलो ड्रममा पानी उम्लिरहेको थियो । हामी एउटै डोरीमा ३० वटा खसी बाँधिएका थियौँ । किन यसरी बाँधेका होलान् हामीलाई ? भन्न त मान्छेहरुलाई जनावरमध्येको विवेकी, बुद्धिमान्, ज्ञानी भन्छन् । हामी धेरै ठाउँबाट आएका रहेछौँ । मैथिली, भोजपुरी, अवधी, उर्दू, हिन्दी, खसानी धेरै भाषा बोल्नेहरु पनि रहेछन् । उनीहरुका कान लामालामा थिए । तिनलाई लामकाने भन्थे मान्छेहरु । हामी पहाडिया सामन्ती खसी पाँचवटा थियौँ । हाम्रोचाहिँ कान छोटोछोटो, भुँडी भ्यात्त परेको थियो । पसलअगाडि एउटा मान्छेले चुप्पीमा साँध लगाइरहेको थियो । मैले ठानेँ, सायद हामीलाई भोक लागेको थाहा पायो होला, स्याउला खुवाउन हाँगा काट्न उध्याएको होला, त्यो चुप्पी ! एउटा मान्छे सबैभन्दा अगाडि भएको एउटा लामकाने खसीलाई घाँटीमा पासोजस्तो लगाएर तान्छ । अनि, अर्कोले उध्याएको चुप्पीले गर्दनमा घ्याच्च हान्छ । त्यसपछि एउटै डोरीमा बाँधिएका हामी मधेसी, पहाडी, हिमाली सबै भाषा बोल्ने खसी एकसाथ आत्तिन्छौँ । साथी एकबाट दुई भएर रगत वाक्दै छटपटाइरहेको देखेपछि हामी सुलुलुसुलुलु पिसाब छोड्न थाल्यौँ । आत्तिन्छौँ, कराउँछौँ, भाग्न खोज्छौँ । उम्लिरहेको तातो पानीमा हालेर रौँका लुगा फुकाल्न थाल्छन् । खुट्टामा लगाएको खुरजुत्ता पनि फुकाल्छन् । एउटा मान्छेले तराजुमा जोखेर आधी खसी लिएर जान्छ । आधीचाहिँँ टुक्राटुक्रा पारेर धेरै जनालाई बेचिन्छ । म छक्क पर्छु । पसले दुई नम्बर खसीलाई फुकालेर लग्छ । तीन नम्बर, चार नम्बर, पाँच नम्बर सबैको त्यही हाल हुन्छ । भाग्न पाए हुन्थ्यो भन्ने कुरा मात्रै खेल्छ मेरो मनमा । हामी नचाहेरै मर्नका लागि जन्मेका रहेछौँ । वनमा चर्न जाँदा पनि ज्यान जोगाउन गाह्रो– चितुवा, बाघसँग सधैँ जोगिएर हिँड्नुपर्ने । ज्यानको माया सबै प्राणीलाई हुँदो रहेछ । त्यही भएर त होला सबै तर्सने, भाग्ने, चिच्याउने आदि गरेको । ज्यानको माया नभएको भए कोही किन भाग्थ्यो होला ? खसीको जुनी लिएपछि हामी अभागीहरु मर्न तयार हुनैपर्दाे रहेछ । म १२ नम्बरमा परेको छु । मेरो पालो आजै आउने हो कि भोलि थाहा छैन । मासु किन्ने मान्छेको हुल देख्दा त हामी सबैको पालो आजै आउलाजस्तो छ । एक दिन भए पनि बाँच्ने आशा जाग्छ मलाई । कामना गर्छु, भोलिसम्म बाँच्न पाए पनि हुने थियो । फेरि सोच्छु, बिजोग हेरेर बस्नुभन्दा बरु चाँडै मर्ने पालो आए पनि हुन्थ्यो । मैले अघि नै भनिसकेँ मान्छे त विद्वान्, ज्ञानी, चेतनशील जनावर हो रे ! तर, किन अरुलाई देखाइदेखाइ उनीहरुको सामुन्ने काट्ने होला ? थाहा नपाउने गरी मारेर खाए पनि त हुन्थ्यो । १२ नम्बरको म एघारचोटि त पहिल्यै मरिसकेँ । दसैँका बेला म सहिदजस्तो छु । मरेपछि परिकारबाट पुकारिन्छु म । जस्तो : पक्कु, भुटुवा, सेकुवा, भित्र्याँस । खसी भएर धेरै कुरामा ठगिएँ म । तर, मर्ने बेलामा बोके दाइभन्दा अलि सास्ती कम हुँदो रहेछ । हामी खसीलाई त च्वाट्टै हान्दा रहेछन् । बोके दाइलाई त मन्दिरमा लगेर तर्साइतर्साइ, संकल्पसंकल्पी, पर्छीपर्छी, कुदाइकुदाइ, रेटीरेटी बलि दिन्छन् रे ! बिचरा मेरो कालो बोके दाइले धेरै दु:ख पायो होला । के देवता हामीलाई रेटेर बलि दिएपछि साँच्चै खुसी हुने होलान् त ? मान्छे हो ! देउताको धेरै बेइज्जत नगर न ! पशुपन्छीको पनि चेतना छ भनेर जान । मलाई अगाडि लगिन्छ । मेरा कामिरहेका गोडा पनि बेस्कन समातिन्छ । मेरो घाँटीमा पोल्याजस्तो लाग्यो... म्याँऽऽ

दसै विशेष गजल

बर्षाै देखिकाे अन्धकार त्याे ,हटाउन सक्दिन अाँमा,, यसपालीकाे दशैमा पनि ,घर अाँउन सक्दिन अाँमा,, नमुछे टिका नछरे जमरा,परदेशी छाेरालाई भनि जमरा र राताे किटा,निधारमा लाँउन सक्दिन अाँमा,, पाेहाेर पनि झुक्याए अाँमा,अर्काे साल अाँउछु भनी यसपालीनी झुक्याउदैछु ,छुट्टी पाँउन सक्दिन अाँमा,, नहुदाे रहेछ अाँमा ,साेचेकाे जस्ताे,परदेशकाे ठाँउमा त्याे दुखी मनमा ,लिएर खुसी ,छाउन सक्दिन अाँमा,, भन्छेउ अाँमा रमाइलाे गरि ,मनाउनु है दशैँ र तिहार बिरानाे ठाँउमा,धेउँसी र भैलाे ,गाँउन सक्दिन अाँमा,,

Wednesday, 31 August 2016

तिम्रो कसम

टाढा जान्छु भन्छौ बाटो,छेक्ने छैन तिम्रो कसम, फेरी तिम्रो मन्को दैलो, टेक्ने छैन तिम्रो कसम | बाँचिदिन्छु यो जिन्दगी,अन्जान बनी सधैं भरी, देखे पनि तिमीलाई, देख्ने छैन तिम्रो कसम | भावनामा डुबेर नै, बदलिन सक्छ मन, तिम्रो मन छुने गीत, लेख्ने छैन तिम्रो कसम | रोएको छ मन मेरो,तिम्रो पनि उस्तै होला, आशुले नै तर पीडा, सेक्ने छैन तिम्रो कसम | खुशी चाहे दु:ख पाए, चेति सके अब मैले, त्यै दल्दलमा फेरी मुटु,फेक्ने छैन तिम्रो कसम |

Saturday, 20 August 2016

प्रिय मित्र जीवन...

मित्र जीवन तिम्रो खबर तिमीत आज भोलि धेरै फरक भएको छौ रे,माया प्रेममा धोका दिन धेरै सिपालु पनि भएको छौ रे,मलाई त पट्टकै विस्वास लागेको थिएन। मित्र जीवन तिम्रो मुटु त ढुंगा भन्दा पनि सारो भय छ।मैले सोचेको थिईन तिम्रो जीवनमा यति ठुलो भयानक भुकम्प आउछ भनेर।किन यति ठुलो सजाय दिदैछौ बिचरी जोयालाई?के नै बिगारेको थियो र जोयाले तिमी माथी गरेको गुणहरु यति छिटेे भुलेछौ,तिमीले बितायका जेल जीवनहरु एक पटक सोच जीवन तिमी आफ्नो घरसम्म कसरी आयौ जोया जस्तो माहान नारी त्यो पनि बिदेशी चेली कति मनकि धनी हुन अरुको दुख देख्न नसक्ने यी नारी माथी किन यति ठूलो सजाय दियौ कति स्वार्थी रहेछौ तिमि। कस्तो नाता जोडयौ तिमिले यो तिम्रो यो मायाले आज दुनियाँ रुवाउने बनायको छ दुई चार दिनमै भाइरल बन्यो तिम्रो झुटेा मायाको नाटक कहाँ बसेर हेरेको छौ होशमा छौ कि बिहोसमा छौ कुन नसाको तालमा छौ एक पटक बिउझे र संसार हेर तिम्रो माया कहाँ देखि कहाँ सम्म पुग्यो के पायौ तिमीले आज जोयाको जिन्दगीमा खेलबाड गरेर? सुन्दैछु आज भोलि तिमी कसैको माया प्रेममा फसेको छौ रे जुन दिन तिमीलाई त्यो मान्छेले छोडेर जान्छ आनि थाहा पाउनेछौ माया के हो पिडा के हो त्यस पछि तिमीलाई जोयाको मायाले कति सताउछ कति तडपाउछ जुन पिडाहरु अहिले जोयाले भक्दै छिन। कस्तो बाबु हो तिमी अलिकती पनि माया लागेना है तिम्रो छोराहरुको हिजो सम्म आफ्नै काखमा खेलायको छोराहरुलाई कति छिट्टै बिदेशी नागरिक बनाई दियौ कहाँ होलान आज ती साना तिम्रा छोरा हरु के गर्दै होलिन ती मन कि धनी जोया। एक पटक सोछ मित्र तिम्रो लागि सारा खुशी छोडेर याहा सम्मा पुगिन तिम्रो लागि सोच्दा सोच्दा आज आफै एक्लो भइन तिमीसङ्ग आउदा कस्तो अबस्थामा आएको थिईन अहिले कस्तो अबस्थामा पठायौ दुईवटा बच्चाहरु काखमा च्यापेर अँखा भरी आसु झर्दै बिदा भएर गइन तिम्रो मनमा अलिकती पनि माया पलायन है! यहि नै हो त तिमीले जोयालाई गरेको चोखो माया कति सपनाहरू बोकेर आयकी थिएन जोया आज ती सपनाहरू चक्नाचुर बनायौ तिमीले हेर जीवन चाहाना र मन हुनुपर्छ झरेको फुलहरुबाट पनि माला बनायर लगाउन सकिन्छ अझै पनि। केही बिक्रेको छैन यदि तिमिले चोखो माया गर्छौ भने तिम्रो हरेक गल्तीहरु जोयाले स्वकार्न तयार छ्न आफ्नो छोरा अनि अफ्नो बुढिलाई नेपाल बोलाउ यति धेरै माया गर्ने मान्छे तिमी ले यो जुनि त के हजारौ जुनि पनि पाउन सक्दैनौ तिमीलाई जोयाको श्राप लाग्नेछ,तिमी एकदिन माया माया भन्दै मर्ने छौ।

Wednesday, 17 August 2016

प्रिय भाउजू जोया...

अपचिरित देवरको तर्फबाट आत्मिक सहानुभुती बिभिन्न अखबारहरुमा तस्विर सहितको तिम्रो कारुणिक समाचार मैले पनि पढे । त्यती बेला म नेपाली त्यसमा पनि पुरुष भएकोमा हीनताबोध, लज्जाबोध भयो । मैले देखेको छु नेपाली चेलीहरु माइत घर छोडेर जादा धेरै बिह्वल हुन्छन झन तिमी त फरक संस्कार फरक भौगोलिक सिमामा आफ्नो कर्म थलो बनाउने अठोट लिएर नेपाली भुमिमा एउटा नव दुलही बनेर सम्पूर्ण नेपालीजन माझ बुहारी को साईनो पाएर नेपाली माटो टेकेको थियौ । जीवनलाई मरणको दोसाधमा राखेर यही नेपाली रगतको वीर्य ग्रहण गरेर २ धर्मपुत्रलाई जन्म दियौ त्यो क्षण पनि कम दु:खदायी नहोला तर तिम्रो लागि नेपाली माटो कुनै अपराधीले भोग्नु परेको जेल सजाय भन्दा कम रहेन,कम पीडादायी रहेन । यो जटिल परिस्थितीमा तिम्रो अधिकार सुनिश्चित गर्न सकेको भए सायद गर्वले हामी नेपालीको शिर सगरमाथा जतिकै उचो रहन्थ्यो तिमी पनि नेपालको सम्मानित बुहारी भएर स्वतन्त्रताको श्वास लिन्थ्यौ तर दुर्भाग्य त्यस्तो हुन सकेन । विडम्बना यहाँ जति पनि महिला मानब अधिकारका ठुला ठुला आवाज उठाउछन त्यो त डलरको लागि भिख माग्ने फरक शैली मात्र हो । तर जोया जस्ता सर्वस्व गुमाएकी पीडित नारीका लागि अधिकारकर्मीहरु अन्धा, बैरा हुन्छन । जोया भाउजु तिमीले यो समयमा मानब अधिकार, महिला अधिकारको लागि भनेर डलर बाड्न आएको भए यहाँ हजारौ संघ संस्था तिम्रो पछी लाग्थ्यो तर आज तिमीले आफुले स्वत: रुपमा पाउनु पर्ने अधिकारको निम्ती हारगुहार गर्दा तिम्रो साथमा कोही आएन र अन्त्यमा तिमी निरीह बनेर तिमीले बाँकी जीवन बिताउनको लागि जुन माटो टेकेको थियौ त्यही माटो छोडेर माइती देश फर्कनु पर्‍यो त्यो पनि सर्वस्व हरण भएर । त्यती हुँदासम्म तिमीले नेपाल र नेपाली प्रतिको गौरब गान गाउँन छोडेनौ ” नेपालीहरु दयालु ह्रदयका हुँदा रैछन ” । तिमी जुन झै उदाएकी थियौ, सुनाखरी गुरास झै फुलेको थियौ तर तिमीलाई सजाएर हामीले राख्न् सकेनौ, हाम्रो राष्ट्रले राख्न सकेन । हामीले आकाश जस्तो फराकिलो ह्र्दय भएको बुहारी जोया पायौ तर गुमायौ । जे जस्तो जटिल समयको सामना गरेर तिमीले आफ्नो देशको माटो टेक्न पायौ त्यहा पनि अखबारमा तिम्रो समाचारले ठाउँ ओगटेको होला समाचारको पात्र तिमी नै छौ होला र तिम्रो माइतीले सोद्ने होला यो पिता बिनाको सन्तान कस्को भनेर पक्कै तिमी नाजवाफ छौ । जती फुरुङग मन लिएर जन्मदेश, माइतीदेश फर्केको थियौ यो प्रश्नले उत्तिकै गरुङगो अबश्य बनाएको छ । अझै ति २ अबोध सन्तानले भविश्यमा सोध्ने प्रश्न त्यही नै हो फेरी त्यो बेला पनि तिमी नाजवाफ हुनेछौ । त्यसैले तिमीले यो प्रश्नको उत्तर अबश्य तयार गर्नु पर्ने हुन्छ । त्यसको उत्तर तिमीले नेपाल सरकार र तिमीलाई नरकीए जीवन जीउन वाध्य पार्ने उभयचर नरपशु जीबनबाट खोज्नु पर्ने छ । उहीँ तिम्रो अपरिचित देबर...

Tuesday, 16 August 2016

एउटा ब्यापारीलाई यमराजका तीन वटा पत्र

एकजना व्यापारी मृत्युदेखि साह्रै डराउँथ्यो । मृत्युको डरका कारणले उसले एउटा जुक्ति निकाल्यो र यमराजलाई नै साथी बनायो । साथी बनाएपछि व्यापारीले यमराजलाई भन्यो– ‘हेर साथी तिमी त कसैलाई पनि छोड्दैनौ, एकदिन त मलाई पनि छोड्दैनौ होला है ?’ यमराजले भन्यो– ‘हेर साथी, यो मेरो काम हो…….तर चिन्ता नगर, तिमी मेरो साथी हौ । जति सेवा गर्न सक्छु, गर्नेछु । भन, तिमी मसँग के आशा गर्छौ ?’ व्यापारी भन्छ– ‘म यति चाहन्छु कि यमराज, तिमिले मलाई लिन आउनु भन्दा केही दिन अगाडि एउटा चिठी पठाएर जानकारी गराउनु ताकि मैले आफ्नो कारोवार छोराछोरीलाई सुम्पन सकुँ ।’ व्यापारीको कुरा सुनेर यमराजले मायाका साथ भने– ‘यो कुन ठूलो कुरो भयो र ? म तिमिलाई लिन आउनु भन्दा पहिला एउटा होइन, तीनवटा फरक–फरक पत्र पठाउनेछु ।’ यमराजको कुराले व्यापारी खुशी भयो । उसलाई अब मृत्युसँग डर लाग्न छाड्यो । दिन बित्दै गयो । एक दिन अचानक यमराजले व्यापारीलाई लिन ‘काल’ पठाए । कालले व्यापारीलाई भन्यो– ‘तपाईको समय सकियो, हामीसँग हिड्नुहोस् ।’ कालको कुरा सुनेर व्यापारी आश्चर्यचकित भए । व्यापारीले यमराजलाई गाली गर्न थाल्यो र भन्यो– ‘तिमी जस्तो साथी हुनु त धिक्कार रहेछ । बचन दिने अनि पूरा नगर्ने ? अलिकति लाजशरम पनि छैन ? मलाई लिन आउनु अघि पत्र पठाउछु भन्ने बचन कता गयो ?’ यमराजले हाँस्दै भने– साथी मैले तिमिलाई तीनवटा पत्र पठाइसकेको छु । व्यापारी – कस्तो पत्र ? कहिले पठायौ ? के प्रमाण छ पत्र पठाएको ? यमराजले भने– पहिलो पत्र तिमिलाई उच्च रक्तचापको पठाएँ । यस्तो बेलामा मानसिक तनाव लिनुहुन्न, जाँड/रक्सी/चुरोट सेवन गर्नुहुन्न, व्यायाम गर्नुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि तिमीले वास्ता गरेनौं । तिम्रो ध्यान पैसा कमाउन मात्र भयो । उच्च रक्तचाप भएको पत्रले तिमि बदलिन्छौ कि भन्ने सोचेको थिएँ । तिमि त झन् डाक्टरले दिएको औषधी पनि खाएनौं । तिम्रो मलाई साह्रै चिन्ता लाग्थ्यो, अब त सुध्रिन्छौ कि भनेर दोस्रो पत्र पठाएँ । त्यो पत्र थियो तिमिलाई सुगर (मधुमेह) रोग लागेको । तिमिले सुगरको जाँच गरायौ । म खुसी भएको थिएँ । करीब एक महिना सुगरको औषधी खायौ पछि छाडी दियौ । तिमि व्यापारमा यती व्यस्त भयौ कि रोग बढ्दै गएपनि डाक्टरलाई देखाउन छाडिदियौ । साथी तिमीले आफ्नो स्वास्थ्यलाई कहिले पनि गम्भीर रुपमा लिएनौ । ब्लडप्रेसर र सुगर भन्ने त ठूलो रोग हो । पहिलो कुरा यस्ता रोग लाग्न नदिएकै राम्रो । यस्ता रोगले आंखा, मिर्गौला, मुटु र दिमागमा प्रत्यक्ष हानि पुरयाइरहेका हुन्छन् । यी दुवै रोगलाई नियन्त्रणमा राख्न जरुरी हुन्छ । औषधी नखाई नियन्त्रणमा नआएमा डाक्टरले भनेअनुसार औषधी खानैपर्छ । समय–समयमा चेकजाँच गरिरहनु पर्छ । यस्ता रोगले चाँप्दै गएमा मैले काल पठाउनै पर्ने हुन्छ । अर्को कुरा, तिम्रो बुबालाई पनि रक्तचाप छ, औषधी खानुहुन्छ । तिम्रो काकालाई ह्दयाघात भएको थियो । आमालाई सुगरको समस्या छ । तिमी सधैै तनावमा रहन्छौ । न खाने ठेगान छ, न सुत्ने । दिनभर व्यापारमा व्यस्त हुन्छौ अनि राती पार्टीमा जान्छौ । अबेला घर आउछौ र सुत्छौ । रक्सी चुरोट पनि पिउछौ । अनि रक्सीसँग खसीको भुटन र बफ सेकुवा नभई हुँदैन । यस्तो जिनवशैली र खानपानले मलाई हानी गरिरहेको त छैन भनी तिमिले कहिले सोच्यौ ? साथी तिमि ले धन त प्रशस्त कमायौ र शरीर भने बिगा¥यौ । सुगर र उच्च रक्तचाप देखिएपछि तिमिले डाक्टरको सल्लाह अनुसार औषधी खाने र चेकजाँच गर्नुपर्ने थियो । तर यो सबै तिमिले आवश्यक सम्झिएनौ । कसरी धेरै पैसा कमाउन सकिन्छ भन्ने मात्र तिम्रो प्राथमिकतामा प¥यो । मलाई अझै याद छ साथी, तिम्रो श्रीमतीले समयकै घर आउनुस्, रक्सी चुरोट छाडिदिनुस् भनेको । तिमिले मान्दै नमाने पछि श्रीमतीले बच्चाको कसम पनि खुवाउनु भयो । तर पनि तिमि सुध्रिएनौं । मानसिक तनाव पनि रक्तचापको प्रमुख कारण हो । यसैको कारण मानिसलाई ह्दयाघातसम्म पनि हुनसक्छ । दैनिक केही समय आराम गर्ने, हप्तामा एक दुइ दिन कामबाट फुर्सद लिएर आफ्नो परिवारसँग रमाइलो गर्र्नेे हो भने पनि मानसिक तनाव कम गर्न सकिन्छ । तिम्रो छोरीले एक दिन बाबा त कस्तो चुरोट र रक्सी जस्तो गन्हाएको भन्दा तिमि झसङ्ग भएका थियौ । डाक्टरले पनि तिमिलाई चुरोट र रक्सी छाड्न सुझाव दिएका थिए । छोरीले गन्हायो भनेपछि मुख कुल्ला गरेर आयौ, तिमिले अब सुध्रन्छौ जस्तो लागेको थियो । तर तिमि अर्को दिनबाट त माउथ फ्रेस्नर पो बोकेर आउन थाल्यौ । तिमीलाई याद छ कि छैन, एकदिन पार्टीको भोलिपल्ट विहान उठ्दा तिम्रो शरीरको दाहिने भाग लुलो भएर उठाउनै नसकेको । उठ्न खोज्दा खुट्टा पनि कमजोर भएर लड्न लागेको । प्यारालाइसिस् नै भयो कि भनेर एम्बुलेन्समा अस्पताल जानुपरेको । तिमिले यस्ता कुराको वास्ता नै गरेनौं । जाँच पश्चात डाक्टरले तिमिलाई उच्च रक्तचाप, हाई कोलेस्टेरोल भएका, सुगर अनियन्त्रित रहेको र यी सबैको कारण दिमागमा रगत प्रवाह गर्ने रक्तनलीहरु सांगुरिएर यस्तो अवस्था आएको बताएका थिए । मेडिकल भाषामा यसलाई स्ट्रोक भनिन्छ । स्ट्रोक मैले पठाएको तेस्रो पत्र थियो तिमिलाई । तर तिमीले मेरो तस्रो पत्रको पनि वास्ता गरेनौं । तिम्रो बानि सुध्रिएन । फेरि दुई–चार दिन औषधी खायौ र छाड्यौ । डाक्टरले भनेको मानेनौ । टुंट, टुंट, टुंट………अस्पतालमा मनिटर एकोहोरो कराइरहेको छ । औषधी दिनका लागि व्यापारीको नाडीमा क्यानुला लगाइएको छ । व्यापारी अहिले फेरी अस्पतालको आइसियूमा भर्ना भएको छ । छेउमा रहेको कुुर्सीमा उसको श्रीमति मलिनो अनुहार लिएर बसेकी छिन् । हिजो उसलाई ठूलै हर्टअट्याक भएर अस्पताल भर्ना गरिएको छ । उपचार पश्चात उ भर्खर हल्का होस्मा आएको छ । ऊ उठ्न खोज्दैछ………नर्सहरु आत्तिएर आउँछन्…… उसलाई नउठ्न भन्छन् । डाक्टरले रिपोर्ट हेर्दै भन्दै थिए, ठूलै हर्टअट्याक भएको रहेछ । उहाँको त एन्जियोग्राम गर्नुपर्छ । फेरि केही रिपोर्ट पल्टाएर भने, ओहो अहिले एन्जियोग्राम त गर्नै नमिल्ने रहेछ । त्यसमाथी दुईवटै किड्नी फेल भइसकेको रहेछ । यस्तो अवस्थामा मान्छे धेरै बाँच्दैन भन्ने व्यापारीले सुनेको रहेछ । उसलाई बल्ल श्रीमती र ७ कक्षा पढ्दै गरेको छोरीको याद आउन थाल्यो । उसको आँखाबाट तरर आँसु झर्यो । अहिले उसलाई पुराना कुराहरु चलचित्रका दृश्यहरुझैं आँखामा आइरहेको छ । डाक्टरको कुरा मानेको भए यस्तो अवस्था आउने थिएन भनी उसलाई आत्मगलानी भएको छ । बल्ल बुझ्यो उच्च रक्तचाप र सुगरमा लापरवाही गर्दा यस्तो अवस्था आउँछ भन्ने । मानिसहरुलाइ अझैपनि ब्लडप्रेसर, सुगर भन्ने कति खराब रोग हो भन्ने जनचेतना छैन । रक्सी, चुरोट, सूर्ती सेवन आदिले मुटु, फोक्सो खराब गर्छ भन्ने थाहा हुँदाहँदै पनि यस्ता कुराहरु सेवन गर्न छाड्दैनन् । तनावै तनावमा मानिसको दिन बित्छ । उसले अहिले थाहा पायो– सम्पूर्ण रोगहरुको कारण ब्लडप्रेसर नै रहेछ भन्ने । र ब्लडप्रेसरसँगै मानसिक तनाव, अस्वस्थकर खानपान र जीवनशैलीका कारण सुगर पनि देखा परेको रहेछ । ब्लडप्रेसर र सुगरका कारण उसको मिर्गौला खराब भएको रहेछ । उसलाई लाग्यो – मैले सुरुदेखि नै डाक्टरको सल्लाह मानेको भए शायद यो दिन देख्न पर्दैनथियो कि ? अब त ह्दयाघात भयो, मुटु काम नलाग्ने बन्यो, मिर्गौला पनि काम नलाग्ने भयो । करोडौं कमाएँ तर शरीर त पुरै बिग्रिसकेछ । उ अाँंखा चिम्म गर्छ । कसैसँग संवाद गरिरहेको जस्तो गरी मुख चलाँंछ । काललाई एक छिन रोकेर उ यमराजसँग कुरा गर्दै थियो । उसको उपचार पनि डाक्टरको नियन्त्रण बाहिर गइसकेको छ । उसले यमराजकै पत्र (रोग) लाई चिन्न सकेन । र आज मृत्युवरण गर्नुप¥यो ।

Thursday, 4 August 2016

गजल, पौरखले भरिएकी आमा मेरि

पौरखले भरिएकी आमा मेरी यीनै हुन् ममताले सिन्चिएकी आमा मेरी यीनै हुन् ।। जन्मदिंदा प्रसवको पीड़ा पनि छिपाएरै मझेरीमा तेर्सिएकी आमा मेरी यीनै हुन् ।। सन्तानको खुशी हेर्न जे नि गर्न सक्ने गरी साहसले बाँधीएकी आमा मेरी यीनै हुन् ।। मृत्युसम्मै दु:ख गर्ने बिनास्वार्थ मायाँ भर्ने ईश्वरसंगै उब्जिएकी आमा मेरी यीनै हुन् ।। संसारमा सबैभन्दा महान अनि उच्च भन्दै प्रशंसामा लेखिएकी आमा मेरी यीनै हुन् ।। मुग्लानी दिपक थापा -अग्लुङ्ग,गुल्मी हाल~ मरुभूमिको छाती अरब

Thursday, 7 July 2016





सम्झना मात्र, बसेको बसेकै छ जीवनमा
उनको दिलले, डसेको डसेकै छ जीवनमा..

मुना–मदन जस्तै, माया गर्छु म उनीलाई
उनैको याद, खसेको खसेकै छ जीवनमा..

मृग नयनी आँखा, निश्चल छ पवित्र प्रेम
मनमा तस्वीर, पसेको पसेकै छ जीवनमा..

नागवेली चाल चलन, चन्द्रमा झै मुस्कान
प्रितीको जन्जीरमा, फसेको फसेकै छ जीवनमा..