
यस पाली को दसै मनाउने रहर पनि अधुरै रहने पक्का भयो
हरेक साल दसै आउदा आर्को दसै मनाउन घर मा आउछु भन्दा
प्रदेसमै कयौंं दसै बितिसके, यति बेला गाउँ घर चार्ड्बाडमय
बनेको छ होला,म उकाली ओराली गर्ने बाटोमा लेउ र बनमारा
सुक्दै जान थाले होलान,पाटाका काल्ना भरी रोपेका मखमली
,गुर्धौली र बाह्रमासे फुल फुलेर रातम्य भएका छ्ब होला,
तर मेरि आमा ले अझै पनि पसिना चुहाउदै घाँसको
भारी बोकेर खाली खुट्टा उकालो~ओरालो गर्दै हुनुहुन्छ होला र अझै
पनि पाईतालाले कुल्चिएको हरेक कुल्चाईमा सन्तानको दु:ख कुल्चिएको
महसुस हुन्छ होला तर पनि आंगनको डिलमा बसी क्षितिजसम्म हेर्दै
मेरो प्रतिबिम्बको याद गर्दै हुनुहुन्छ होला मैले हरेक फोनमा आमाका
शब्दले निसब्द हुन्छ म सङ्ग जफाफ हुदैन किनभने मैले हरेक सालको
दसैमा झुटो बोल्ने गरेको छु," म पुनः हिड्ने बिदेस बेलामा
कति बिदेस जानू पर्यो अब यहि बसे हुन्न र"यो शब्द कानमा गुन्जिरहन्छ.
यो दसै पनि म बिना नै मान्नु होला आगामी दसैमा मलाइ कुनै शक्तिले
पनि रोक्ने छैन दुर्गामाताले आशिर्वादले हामी सबैको कल्याण हुनेछ !
प्रणाम!!
मुग्लानी
No comments:
Post a Comment