Friday, 9 December 2016

समुन्द्रपारी ओइलिएको फुल

जब सातसमुन्द्र पारी को बिरानो बगर मा कुनै नेपाली फुल ओईलिएको हुन्छ अनि ती लाखौ करोडौ प्रदेशी नेपाली को आत्मा मन ओईलिएको हुन्छ । हरेक दिन पराई नगरी मा नेपाली फुल ओईलिरहेका छन। (तस्वीर मलेसियामा दुर्घटना पश्चात लालहादुरको तस्बिर फेसबुक बाट लिईएको हो प्रबासमा ज्यान गुमाउने हेरेक नेपालीको आत्मा ले शान्ती पाओस) जसअनुरुप केही गजलका सेयर बाट÷ धेरै थिए बाचा हरु प्रदेश मा टुटेर गए आमा, अझै बाच्ने रहर थियो नियतिले लुटेर गए आमा// जानै पर्ने नियम रैछ खै कस्तो लेखा भावी को, कलिलो उमेर सँगै भाग्य फुटेर गए आमा // छटपटाएको थिए म चिच्याएको थिए धेरै, एक्कासी सास मेरो तन बाट छुटेर गए आमा// आज सम्म को लेखा रहेछ आउछु अर्को जुनिमा, जिन्दगी को दियो अनायसै बुतेर गए आमा// नियतीले हजारौ रहर र सपना हरु चकना चुर पारी दियो। म के गरु आमा। ए आमा सुनौला सपना बुन्दै पैसा को रुख मा चढ्दै थिएं। दिनानु दिन परिवार को सपना साकार पार्ने र आफ्नो सुनौलो भबिष्य खोज्दै थिए,म त ती सपना पूरा गर्नै नसकि म भुईमा टाउकोको भर लडन पुगे, आमा मेरो टाउको फुटेर रगत को खोला बगि रहेको थियो। म छटपटाई रहेको थिए। तडपी रहेको थिए। आमा तिमी लाई सम्झेर रोई रहेको थिए। निकै दुखाई थियो सहन गाहारो भएको थियो। छटपटाई रहेको थिए खै कुन बेला कति बेला यो सास ले नै छोडेर गयो आमा मलाई नै थाहा भएन। आज म हस्पिटल को एउटा कुना मा काठ को बाकस भित्र कहिले नउठने गरि जिन्दगी को निन्द्रा सुति रहेको छु आमा। म आतुर छु तिमी सामु पुग्न लाई मेरो परिवार र मेरो जन्मभुमी पुग्न लाई। ए आमा जब काठ को बाकस खोलेर मेरो मुहार हेर्दा तिमी मुर्छा पर्छौ होला ए आमा आफुले आफू लाई समाहाले है। अनि अन्तिम पटक तिम्रो काख मा राख है आमा किन कि थोरै पल भए पनि म तिम्रो ममता को ताप चाहान्छु। ए आमा आज यो जिन्दगी ले यो नियती ले मलाई तिमी बाट धेरै पर लादैछ आमा । जहाँ कि म चाहेर पनि फर्की आउन सक्दिन। ए मेरि आमा मलाई हरपल नभए पनि कुनै कुनै पल सम्झिदै गर्नु है किन कि म फेरि अर्को जुनि मा आउने छु तिम्रो छोरा बनेर अनि यो जुनि मा अधुरा रहेका ती सब थोक पूरा गर्नेछु। के गर्छौ त आमा यस्तै रहेछ यो सँन्सार को नियम जानै पर्ने। म माफी चाहान्छु आमा सम्पुर्ण परिवार र साथी सँगी सँग कुनै भुल हरु भएका भए। ए आमा किन यति निस्ठुरी हुन्छ यो दैव जहाँ कि पलभर मै लैजाने गर्छ! ए आमा आज यो पराईनगरी ले साची नै पराई बनाएर छोड्यो आमा। मर्ने कसै लाई रहर हुदैन तर नमरेको प्रहर हुदैन भागेर जाउ म आमा कुन ठाउँ जाउँ मान्छे नमर्ने शहर हुदैन। केही सम्पादन सहित फेसबुक बाट साभार गरिएको

No comments:

Post a Comment