
चैत-४ मदाने गाउँपालिका अग्लुङ्ग, गुल्मी
मदाने गाउँपालिका-१ अग्लुङ्ग ओख्लेदहमा रहेको श्री स्वास्थ्य सचेतना आमा समुहले अाफ्नै नेतृत्वमा सङ्चालन गरेको १ हप्ते (७ दिने ) "डोका बुनाई तालिम" सम्पन्न गरेको छ। मिति २०७३ फागुन २८ गतेदेखि सुरु गरिएको तालिम चैत ४ (आज) गते सकिएको छ। ३/४ जनाको प्रशिक्षणमा सञ्चालन गरिएको उक्त तालिममा समुहका २५ जना भन्दा बढी महिलाले सिकेर पुरुषले जस्तै काम गर्न सक्ने भएका हुन। गाउँमा युवाहरु विदेश पलायन तथा उमेर पुगेका बुढाहरुले काम गर्न नसक्ने अवस्थामा पुगे पछि डोका तथा अन्य आवश्यक सामानको अभाव गाउँमा देखिएकाले अनि महिलाले पनि पुरुष सरह काम गर्न सक्छन् भन्ने कुराको प्रमाणित गर्ने उद्देश्यले हामीले सुरुवातिका रुपमा यस्तो तालिम सञ्चालन गरेका हौं" भन्नुहुन्छ महिला समुहको अध्यक्ष हुमा चन्दले। तालिम प्राप्त सबै महिलाले आफ्नो घरको लागि आफै व्यवस्था गर्न सक्ने भएका छन भनेर समुहकि सचिव कमला चन्दले जानकारी दिनुभएको थियोे ।
No comments:
Post a Comment