Friday, 24 November 2017

गजल~ चालीस कट्न थालिसके रमाउन आउ प्रिय

Dipak kshetri thapa

चालीस कट्न थालिसकेँ रमाउन आऊ प्रिय
चिरिएका खस्रा हात समाउन आऊ प्रिय

बन्धकीको खेतबारी फर्काउन नसके नि
दुइचार पैसा साहुको हात थमाउन आऊ प्रिय

कुह्यो खर, उम्र्यो झार तारामण्डल छानो भयो
उधारेर जस्ता पाता जमाउन आऊ प्रिय

न जन्मदा थियौ यहाँ न त थियौ पास्नी हुँदा
हुर्किएकी जेठी छोरी अन्माउन आऊ प्रिय

लाउँदिन यो सिक्री औँठी बेची रिन तिर्छु बरु
अब आफ्नै पाखो जोती कमाउन आऊ प्रिय

गजल: कृष्णकला भण्डारी कँडेल, 

Friday, 22 September 2017

प्रदेशीको दशैँ

    "मुग्लनी" दिपक गरिबी,अभाव र बेरोजगारीको कारणले घर छोडेर बिदेशीनु पर्न हामी नेपाली को तितो यथार्थ जुन छ। यसलाई हामि नेपालीको बिडम्वना नै भन्नू पर्दछ ।
स्वदेशमा रोजगारीको अबसर नपाएपछी रोजिरोटिको खोजिमा सुनौलो सपना बुन्दै खाडिको तातो घाममा तप तप पसिना चुहाउन बाध्य भयका छौ हामी नेपाली । राजनीतिक अस्थिरता ,लामो समय सम्म को द्वन्द र राज्यको मुखदर्सक्ताले आज हामीलाई घर परिवार छोडेर बिदेशीन बाध्य पारेको छ यो यथार्थ हो ।
चाहेर होस या नचाहेरै आफू र आफ्नो परिवारको दैनिकी गुजरा चलाउन अनि सन्तानको सुन्दर भबिस्य बनाउन भनी आज लाखौ युवा युवती आफ्नो उमेर र जवानी बिदेशी भुमिमा बेच्न बाध्य भयका छौ । हो आज अरबको मरुभूमि हरियाली बनाउदै छौ हामी तर दु:खद कुरा त हाम्रो आफ्नै उर्बर भुमीमा चाहिँ सुख्खा लगेको छ आज वर्षा याममा पनि चैत को खडेरी जस्तै सुख्खा । मनका हजारौं रहर चाहाना र आकाङ्क्षा लाई मारेर आफ्नो मौलिकता ,सस्कृती ,चाडपर्व अनि रितिरिवाज लाई समेत चाहेर पनि मान्न अनि रमाउन नपाउनु साच्चै यहाँ भन्दा ठुलो बिड्म्मना के रहला हामी नेपाली को लागि …?
सुख ,दुख जे जस्तै भयनी आफ्ना परिवार सङ साटासाट गर्दै मीठो नमिठो सङ्गै बसेर खाने ,पारिवारिक जंकाभेट भेट गर्न अनि रम्ने र रमाउने दिन साच्चै कहिले आउला सम्पुर्ण नेपालीको …? यतिखेर नेपाली हिन्दु धर्मावलम्बी हरुको सबैभन्दा ठुलो चाड बडा दसै स्वदेशमा भित्री सकेको छ ।
मान्यजन को आशीर्वाद लिदै रातो टीका प्रसाद अनि जमरा लगाइ हासो खुशी बाढ्ने दिन को रौनक छाहिरहदा बिदेशी भुमिमा बाध्यता बस गुलाम बन्न पुगेका हामी जस्ता लाखौ नेपाली को भने उहीँ दिनचर्या उहीँ काम उहीँ अवस्था ।
हाम्रा लागि दसै आयो त केबल सामाजिक संजालमा अनि समाचारमा र पात्रोमा आयो ।न कम्पनीको छुट्टि न साथिभाइ सङ को रमाइलो ,न सेल रोटि ,न लिङ्गे पिङ, न निधारमा टीका हाम्रो न कानमा जमरा ,न बुबा आमाको आशीर्वाद उहीँ काम, उहीँ तनाव, उहीँ एक्लो पन बिगत सम्झेर टोलाउनु अनि तिनै बिगतका तस्वीर हेरेर मन बुझाउनु को कुनै विकल्प रहेन यहाँ । बिरानो देश ,अनौठो भासा सस्कृती ,छुट्टै रहनसहन कस्ले बुझिदिने हाम्रो मर्म ..? बिहानै उठ्यो काचो होस या कचिलो पाकेको होस या काक्चै होस दुई गाँस टपक्क टिप्यो अनि लाग्यो फ़ेरि त्यहिकाममा । दिन भरि कामामा मालिक को गाली कामको चाप र थकान शरीर लियर साझ लखतरान भयर कोठामा फर्क्यो अनि फ़ेरि आफैले केहि बनायो मन नमान्दा नमान्दै दुई गाँस खायो अनि पल्टियो त्यही बिस्तारामा ।
निद्रा त कहाँ आउँछ र सुते पनि बिगतको याद ले सताइ रहन्छ यो रमझम ती साथीसङ्गी ती नातेदार र आफन्तको सम्झनाले कोल्टे फर्दै उज्यालो भएको पत्तै हुदैन साच्चै ती दिनहरु बिछोडको पिडामा सम्झी रहदा कुन चै प्रदेसिको मन थिर मा रहलार । युद्ध मैदानमा होमिएको सिपाही झै नथाकिकन निरन्तर संघर्ष गर्नुपर्ने अनि अनेकौ सपना लाई बुन्दै अहोरात्र गुलामि गर्नुपर्ने हामी तमाम बिदेशीयका नेपाली को कथा ब्यथ एउटै रहेको छ भलै पात्र फरक रहलान ।स्वदेशमा चाडपर्व को रौनक बढ्दै जादा हामी खाडीमा गाडियका नेपालीको मन भने साच्चै छियाछिया भयको छ ।
अनि जतिसुकै पीडा र दुख भयनी हासी हासी घर देशमा रहेका आफन्त लाई भन्नै पर्न रहेछ यहाँ सबै राम्रो छ मेरो केहि चिन्ता लिनु पर्दैन राम्रो सङ चाडपर्व मनाउनु तर कठै यहाँ तप्प तप्प पसिना सङ्गै चुहियर बगेका आँसु त कस्ले देख्छ र जुन खस्न नपाइ बालुवामा बिलाइ सकेको हुन्छ । हो त्यसैले हामी बिदेशी भुमिमा गुलाम बन्न आयका लाखौ लाख नेपाली हरुका लागि दसै तिहार जस्ता महान पर्व केबल सम्झना मै सिमित बनेका छन ।

Saturday, 16 September 2017

मदाने गाउँ पालिका वार्ड नं. २ की मनी परियारको दर्दनाक पिडा.

गुल्मी । १९ वर्षमा विवाह बन्धनमा बाँधिएकी मदाने गाउँपालिका–२ की मनी परियारले २८ वर्षको उमेरमा २ महिनाअघि छोरो जन्माइन् । तर, यो उनको पहिलो सन्तान भने होइन । यसअघि नै उनले चार छोरी पाइसकेकी छिन् । छोरोको आश गर्दागर्दै उनले चार छोरी पाइन् । जब छोरो पाइन् श्रीमान् भने रहेनन् । नयाँ पत्रिकामा खबर छ ।
श्रीमान् बिते २० दिन भयो, मनी परियारका आँखा ओभाएका छैनन् । श्रीमान्सँगको बिछोडको पीडा मनमा बाँधेर उनी गाउँमा खाद्यान्न र पैसा उठाउन बाध्य छिन् । आँसुले भिजेका आँखा र मनमा भएको पीडा लुकाउनसमेत उनले पाएकी छैनन् । डोकोमा दुईमहिने दुधे बालक बोकेर गाउँलेसँग खाद्यान्य र पैसा नउठाए उनको परिवारको हातमुख जोरिँदैन । घरभरि छोरी छन्, भकारी रित्तो छ । उनीसँग अहिले चित्त बुझाउने कुनै माध्यम छैन । उनीसँग ओत लाग्ने घर त छ, तर एक महिना पुग्ने अन्न फल्ने जमिन छैन ।

बाँझकटेरीकी सुत्केरी मनी परियार । दुईमहिने दुधे बालक डोकोमा बोकेर गाउँमा चन्दा उठाउँदै ।thapabadal90@gmail.com
गाउँमा ज्याला मजदुरी गरेर परिवार चलाउँदै आएका उनका श्रीमान् रनबहादुर परियारकोे गत ७ भदौमा मृत्यु भयो । ‘घरको मुल खाँबो नै ढल्यो,’ मनीले भनिन्, ‘यो चिल्लीबिल्ली कसरी चित्त बुझाऊँ ।’ उनी दुई महिनाकी सुत्केरी हुन् । कुनै राम्रो परिवारमा भए उनी माइतमै हुन्थिन् । मीठो–मसिनो खाने र आराम गर्ने वेलामा मनी बच्चा डोकोमा बोकेर गाउँ चहार्छिन् ।
‘मैले नमागे कसले माग्ने ?’ उनले प्रश्न गरिन्, ‘७५ वर्षे बुढी सासू र चार छोरी कसरी पाल्ने ?’ बाँच्नकै लागि किरिया उम्केको अर्को दिनबाट उनी बच्चा बोकेर गाउँ डुलेकी हुन् । ‘सुत्केरी भए पनि घरमा केही छैन, माग्दा जे दिन्छन्, त्यही खान्छिन् ।’ अशिक्षित एवं विपन्न परिवार । जनचेतना अभावकै कारण उनलाई धेरै सन्तान जन्माउँदाका बेफाइदाको पत्तो थिएन । ‘खै बुढाकै जिद्दीमा चार छोरी जन्मिए, कसैले केही भनेनन्,’ उनले भनिन्,‘ छोरो पनि जन्मियो, उनी पनि बिते ।’ श्रीमान् बितेपछि धेरै सन्तान जन्माएकोमा पछुतो लागेको मनीले सुनाइन् ।
चन्दा उठाएर श्रीमान्को किरिया
गाउँलेले चन्दा उठाएर श्रीमान्को किरियाबाट मनी परियारलाई उम्काएको स्थानीय मोतीलाल केसीले बताए । ‘न गर्ने मान्छे, न फल्ने बारी, श्रीमान् पनि मरे,’ उनले भने, ‘त्यो दर्दनाक अवस्था देखेर मैले पनि खाता काटी दिएँ ।’ अहिले उनकी जेठी छोरी ६ वर्षको भइन् । माइली ३, साइँली २, कान्छी १ वर्षका भए ।
उनको काखमा दुई महिनाको छोरो छ । माइली छोरी पनि बालशिक्षा जाने उमेरकी भइसकिन् तर, ६ वर्षीया छोरीले पनि स्कुलको मुख देखेकी छैनन् । ‘जेठी स्कुल गए अरू केटाकेटी कसले हेर्ने,’ मनीले भनिन्, ‘उसले बहिनी हेर्थी, हामी काममा जान्थ्थौँ ।’ अहिले त्यो विपन्न परिवारका लागि समुदायस्तरबाट सहयोग जुटाउने क्रम चलिरहेको मदाने सामुदायिक स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट विष्णु भुसालले बताए । आफ्नो संस्थामा कार्यरत सबै कर्मचारीबाट नगद र संस्थाको तर्फबाट परिवारका सबै सदस्यको निःशुल्क उपचार गर्नेबारे छलफल भइरहेको उनले बताए ।
Advertisements

Monday, 17 April 2017

रोगले बुबाआमा लग्यो, भोकले हामीलाई लाने भो ! भाइ बचाउन राधिकाको याचना रोगले बुबाआमा लग्यो, भोकले हामीलाई लाने भो ! भाइ बचाउन राधिकाको याचना


धादिङ, वैशाख ४ – दुई महिनाको फरकमा बुबाआमा बित्नुभयो । साथमा साना साना दुई भाइ छन् । कहिले बुबाआमा खोज्छन्, कहिले खानेकुरा । छाप्रोमा बास छ । न लगाउने लत्ताकपडा छ, न त खानेकुरा । ज्वालामुखी गाउँपालिका–५ धादिङकी राधिका बयलकोटीको परिवार समस्याको भूमरीमा चलिरहेको छ ।सीताराम बयलकोटीले ज्याला मजदुरी गरेरै भएपनि दुख सुखले परिवार चलेको थियो । तर एक्कासी बयलकोटी बिरामी पर्नुभयो । पेटको रोगी त्यसमा पनि टाइफाइटले थलिनु भएका उहाँलाई अस्पतालसम्म पु¥याउन सकिएन । परिवारको आशा बन्नुभएका सीताराम अस्पताल लैजाँदै गर्दा बाटोमै ढल्लेपछि कहिल्यै उठ्न सक्नुभएन । उहाँसँगै परिवारको खुसी पनि उठ्न सकेन । ३८ वर्षिय सीताराम बयलकोटीले २०७३ मंसिर २६ गतेबाट सदाका बिदा लिनुभयो ।

पूरै परिवार सीतारामको भरमा थियो । सीतारामको मृत्युपछि मियो ढलेको दाँइ जस्तै भयो उनको परिवार । सुखदुख सँगसँगै गरौंला, सँगै जिउला, सँगै मरौला भन्ने श्रीमान भगवानको प्यारो भएपछि श्रीमती दुर्गा चर्माकारको काँधमा जिम्मेवारी आइप¥यो । आफैं रोगी मान्छे त्यसमा पनि श्रीमानलाई गुमाएको पीडाले थलिनुभएकी दुर्गाको परिवार झण्डै दुई महिना अभावमै चल्यो । बुबाको मृत्युपछि बालबच्चाहरुको दुई मुठ्ठी सास आमाको भरमा धानिएको थियो । दुई छाक जोहो गर्न मुस्किलले चलेको परिवारमा उपचारमा लाग्ने खर्च निकै कठिनसँग जुटेको थियो । तर आन्द्राको क्यान्सरले थलिनुभएकी दुर्गाले रोगसँग लड्दा लड्दै आफ्नै लागि दुई मुठ्ठी सास बचाउन सक्नुभएन । अन्ततः काठमाडौमा रहेको मनमोहन मेमोरियल अस्पतालमा उपचार हुँदाहँुदै ३६ वर्षीया दुर्गाको पनि २०७३ माघ १९ गते ज्यान गयो ।
झण्डै दुई महिनाको बिचमा आमाबुबा गुमाएपछिका दुख, पीडा त छदंैछन् छोराछोरीले पेटभरी खान समेत पाएका छैनन् । सीतारामका १७ वर्षीया छोरी राधिका, १३ वर्षीय प्रकाश र २ वर्षीय इराक बयलकोटी ढुङ्गा खाउँ कि माटो भएका छन् । बुबाआमाको ज्यान गएपछि टुहुरा बनेका उनी ठूलोबुबा चुनबहादुरले बनाइदिनुभएको टहरामा बस्दै आएका छन् । ठूलोबुबा चुनबहादुरको परिवार र छिमेकीहरुको सहयोगमा मुस्किलले चुलोमा आगो बलेको छ । तर चुनबहादुरलाई आफ्नै घर खर्च चलाउन समस्या छ ।
अरुको सहयोगमा आफ्नो र भाइको पटे भर्न नसकेपछि राधिका २ वर्षको भाइलाई छाडेर काममा जान थालेकी छिन् । ‘सधै काम पाइदैन । कहिलेकाँही कमाएको १/२ सय रुपैयाँले सधैलाई पुग्दैन । भाइहरु जतिखेरै भोक लाग्यो मात्र भन्छन्, दिउँ केही छैन । एक छाक खाएर म त बाँचुला तर भाइहरुलाई कसरी बचाँउ ?’ राधिकाले गहभरी आँसु पादै प्रश्न गर्नुभयो ।
बुबाआमा गुमाएको पीडा समेत भुल्न नसकेकी राधिकाले भनिन् ‘रोगले बुबाआमा लग्यो, भोकले हामीलाई लाने भयो । भाइलाई पढाउन त परैको कुरा बचाउँन पनि सक्दिन होला । कसैले सहयोग गरेदेखि बुबाआमा गुमाएको घाउमा मलम लाग्थ्यो कि ।’बुबाआमा गुमाएदेखि बिचल्लीमा परेका यी टुहरा बालबालिकाहरु अहिलेसम्म उस्तै अवस्थामा छन् । विहान उठेदेखिनै उनीहरुको दैनिकी समस्यै समस्यामा बितेको छ । पाइलै पिच्छे पहाड जस्तै उभिएका समस्याहरुबाट मुक्ति पाउन सकेका छैनन् ।
आफूहरु टुहुरा भएको भन्दै धेरै मानिस आएर ओत लाग्ने छानो बनाइदिन्छु, पालनपोषण गरिदिन्छु भन्ने आएपनि अहिलेसम्म आफ्नो समस्या जस्ताको तस्तै रहेको राधिकाले गुनासो गरिन् ।

Friday, 17 March 2017

महिलाले पनि पुरुष सरह काम गर्न सक्छन~ उदारण अग्लुङ्गका महिला

चैत-४ मदाने गाउँपालिका अग्लुङ्ग, गुल्मी मदाने गाउँपालिका-१ अग्लुङ्ग ओख्लेदहमा रहेको श्री स्वास्थ्य सचेतना आमा समुहले अाफ्नै नेतृत्वमा सङ्चालन गरेको १ हप्ते (७ दिने ) "डोका बुनाई तालिम" सम्पन्न गरेको छ। मिति २०७३ फागुन २८ गतेदेखि सुरु गरिएको तालिम चैत ४ (आज) गते सकिएको छ। ३/४ जनाको प्रशिक्षणमा सञ्चालन गरिएको उक्त तालिममा समुहका २५ जना भन्दा बढी महिलाले सिकेर पुरुषले जस्तै काम गर्न सक्ने भएका हुन। गाउँमा युवाहरु विदेश पलायन तथा उमेर पुगेका बुढाहरुले काम गर्न नसक्ने अवस्थामा पुगे पछि डोका तथा अन्य आवश्यक सामानको अभाव गाउँमा देखिएकाले अनि महिलाले पनि पुरुष सरह काम गर्न सक्छन् भन्ने कुराको प्रमाणित गर्ने उद्देश्यले हामीले सुरुवातिका रुपमा यस्तो तालिम सञ्चालन गरेका हौं" भन्नुहुन्छ महिला समुहको अध्यक्ष हुमा चन्दले। तालिम प्राप्त सबै महिलाले आफ्नो घरको लागि आफै व्यवस्था गर्न सक्ने भएका छन भनेर समुहकि सचिव कमला चन्दले जानकारी दिनुभएको थियोे ।