Wednesday, 31 August 2016

तिम्रो कसम

टाढा जान्छु भन्छौ बाटो,छेक्ने छैन तिम्रो कसम, फेरी तिम्रो मन्को दैलो, टेक्ने छैन तिम्रो कसम | बाँचिदिन्छु यो जिन्दगी,अन्जान बनी सधैं भरी, देखे पनि तिमीलाई, देख्ने छैन तिम्रो कसम | भावनामा डुबेर नै, बदलिन सक्छ मन, तिम्रो मन छुने गीत, लेख्ने छैन तिम्रो कसम | रोएको छ मन मेरो,तिम्रो पनि उस्तै होला, आशुले नै तर पीडा, सेक्ने छैन तिम्रो कसम | खुशी चाहे दु:ख पाए, चेति सके अब मैले, त्यै दल्दलमा फेरी मुटु,फेक्ने छैन तिम्रो कसम |

Saturday, 20 August 2016

प्रिय मित्र जीवन...

मित्र जीवन तिम्रो खबर तिमीत आज भोलि धेरै फरक भएको छौ रे,माया प्रेममा धोका दिन धेरै सिपालु पनि भएको छौ रे,मलाई त पट्टकै विस्वास लागेको थिएन। मित्र जीवन तिम्रो मुटु त ढुंगा भन्दा पनि सारो भय छ।मैले सोचेको थिईन तिम्रो जीवनमा यति ठुलो भयानक भुकम्प आउछ भनेर।किन यति ठुलो सजाय दिदैछौ बिचरी जोयालाई?के नै बिगारेको थियो र जोयाले तिमी माथी गरेको गुणहरु यति छिटेे भुलेछौ,तिमीले बितायका जेल जीवनहरु एक पटक सोच जीवन तिमी आफ्नो घरसम्म कसरी आयौ जोया जस्तो माहान नारी त्यो पनि बिदेशी चेली कति मनकि धनी हुन अरुको दुख देख्न नसक्ने यी नारी माथी किन यति ठूलो सजाय दियौ कति स्वार्थी रहेछौ तिमि। कस्तो नाता जोडयौ तिमिले यो तिम्रो यो मायाले आज दुनियाँ रुवाउने बनायको छ दुई चार दिनमै भाइरल बन्यो तिम्रो झुटेा मायाको नाटक कहाँ बसेर हेरेको छौ होशमा छौ कि बिहोसमा छौ कुन नसाको तालमा छौ एक पटक बिउझे र संसार हेर तिम्रो माया कहाँ देखि कहाँ सम्म पुग्यो के पायौ तिमीले आज जोयाको जिन्दगीमा खेलबाड गरेर? सुन्दैछु आज भोलि तिमी कसैको माया प्रेममा फसेको छौ रे जुन दिन तिमीलाई त्यो मान्छेले छोडेर जान्छ आनि थाहा पाउनेछौ माया के हो पिडा के हो त्यस पछि तिमीलाई जोयाको मायाले कति सताउछ कति तडपाउछ जुन पिडाहरु अहिले जोयाले भक्दै छिन। कस्तो बाबु हो तिमी अलिकती पनि माया लागेना है तिम्रो छोराहरुको हिजो सम्म आफ्नै काखमा खेलायको छोराहरुलाई कति छिट्टै बिदेशी नागरिक बनाई दियौ कहाँ होलान आज ती साना तिम्रा छोरा हरु के गर्दै होलिन ती मन कि धनी जोया। एक पटक सोछ मित्र तिम्रो लागि सारा खुशी छोडेर याहा सम्मा पुगिन तिम्रो लागि सोच्दा सोच्दा आज आफै एक्लो भइन तिमीसङ्ग आउदा कस्तो अबस्थामा आएको थिईन अहिले कस्तो अबस्थामा पठायौ दुईवटा बच्चाहरु काखमा च्यापेर अँखा भरी आसु झर्दै बिदा भएर गइन तिम्रो मनमा अलिकती पनि माया पलायन है! यहि नै हो त तिमीले जोयालाई गरेको चोखो माया कति सपनाहरू बोकेर आयकी थिएन जोया आज ती सपनाहरू चक्नाचुर बनायौ तिमीले हेर जीवन चाहाना र मन हुनुपर्छ झरेको फुलहरुबाट पनि माला बनायर लगाउन सकिन्छ अझै पनि। केही बिक्रेको छैन यदि तिमिले चोखो माया गर्छौ भने तिम्रो हरेक गल्तीहरु जोयाले स्वकार्न तयार छ्न आफ्नो छोरा अनि अफ्नो बुढिलाई नेपाल बोलाउ यति धेरै माया गर्ने मान्छे तिमी ले यो जुनि त के हजारौ जुनि पनि पाउन सक्दैनौ तिमीलाई जोयाको श्राप लाग्नेछ,तिमी एकदिन माया माया भन्दै मर्ने छौ।

Wednesday, 17 August 2016

प्रिय भाउजू जोया...

अपचिरित देवरको तर्फबाट आत्मिक सहानुभुती बिभिन्न अखबारहरुमा तस्विर सहितको तिम्रो कारुणिक समाचार मैले पनि पढे । त्यती बेला म नेपाली त्यसमा पनि पुरुष भएकोमा हीनताबोध, लज्जाबोध भयो । मैले देखेको छु नेपाली चेलीहरु माइत घर छोडेर जादा धेरै बिह्वल हुन्छन झन तिमी त फरक संस्कार फरक भौगोलिक सिमामा आफ्नो कर्म थलो बनाउने अठोट लिएर नेपाली भुमिमा एउटा नव दुलही बनेर सम्पूर्ण नेपालीजन माझ बुहारी को साईनो पाएर नेपाली माटो टेकेको थियौ । जीवनलाई मरणको दोसाधमा राखेर यही नेपाली रगतको वीर्य ग्रहण गरेर २ धर्मपुत्रलाई जन्म दियौ त्यो क्षण पनि कम दु:खदायी नहोला तर तिम्रो लागि नेपाली माटो कुनै अपराधीले भोग्नु परेको जेल सजाय भन्दा कम रहेन,कम पीडादायी रहेन । यो जटिल परिस्थितीमा तिम्रो अधिकार सुनिश्चित गर्न सकेको भए सायद गर्वले हामी नेपालीको शिर सगरमाथा जतिकै उचो रहन्थ्यो तिमी पनि नेपालको सम्मानित बुहारी भएर स्वतन्त्रताको श्वास लिन्थ्यौ तर दुर्भाग्य त्यस्तो हुन सकेन । विडम्बना यहाँ जति पनि महिला मानब अधिकारका ठुला ठुला आवाज उठाउछन त्यो त डलरको लागि भिख माग्ने फरक शैली मात्र हो । तर जोया जस्ता सर्वस्व गुमाएकी पीडित नारीका लागि अधिकारकर्मीहरु अन्धा, बैरा हुन्छन । जोया भाउजु तिमीले यो समयमा मानब अधिकार, महिला अधिकारको लागि भनेर डलर बाड्न आएको भए यहाँ हजारौ संघ संस्था तिम्रो पछी लाग्थ्यो तर आज तिमीले आफुले स्वत: रुपमा पाउनु पर्ने अधिकारको निम्ती हारगुहार गर्दा तिम्रो साथमा कोही आएन र अन्त्यमा तिमी निरीह बनेर तिमीले बाँकी जीवन बिताउनको लागि जुन माटो टेकेको थियौ त्यही माटो छोडेर माइती देश फर्कनु पर्‍यो त्यो पनि सर्वस्व हरण भएर । त्यती हुँदासम्म तिमीले नेपाल र नेपाली प्रतिको गौरब गान गाउँन छोडेनौ ” नेपालीहरु दयालु ह्रदयका हुँदा रैछन ” । तिमी जुन झै उदाएकी थियौ, सुनाखरी गुरास झै फुलेको थियौ तर तिमीलाई सजाएर हामीले राख्न् सकेनौ, हाम्रो राष्ट्रले राख्न सकेन । हामीले आकाश जस्तो फराकिलो ह्र्दय भएको बुहारी जोया पायौ तर गुमायौ । जे जस्तो जटिल समयको सामना गरेर तिमीले आफ्नो देशको माटो टेक्न पायौ त्यहा पनि अखबारमा तिम्रो समाचारले ठाउँ ओगटेको होला समाचारको पात्र तिमी नै छौ होला र तिम्रो माइतीले सोद्ने होला यो पिता बिनाको सन्तान कस्को भनेर पक्कै तिमी नाजवाफ छौ । जती फुरुङग मन लिएर जन्मदेश, माइतीदेश फर्केको थियौ यो प्रश्नले उत्तिकै गरुङगो अबश्य बनाएको छ । अझै ति २ अबोध सन्तानले भविश्यमा सोध्ने प्रश्न त्यही नै हो फेरी त्यो बेला पनि तिमी नाजवाफ हुनेछौ । त्यसैले तिमीले यो प्रश्नको उत्तर अबश्य तयार गर्नु पर्ने हुन्छ । त्यसको उत्तर तिमीले नेपाल सरकार र तिमीलाई नरकीए जीवन जीउन वाध्य पार्ने उभयचर नरपशु जीबनबाट खोज्नु पर्ने छ । उहीँ तिम्रो अपरिचित देबर...

Tuesday, 16 August 2016

एउटा ब्यापारीलाई यमराजका तीन वटा पत्र

एकजना व्यापारी मृत्युदेखि साह्रै डराउँथ्यो । मृत्युको डरका कारणले उसले एउटा जुक्ति निकाल्यो र यमराजलाई नै साथी बनायो । साथी बनाएपछि व्यापारीले यमराजलाई भन्यो– ‘हेर साथी तिमी त कसैलाई पनि छोड्दैनौ, एकदिन त मलाई पनि छोड्दैनौ होला है ?’ यमराजले भन्यो– ‘हेर साथी, यो मेरो काम हो…….तर चिन्ता नगर, तिमी मेरो साथी हौ । जति सेवा गर्न सक्छु, गर्नेछु । भन, तिमी मसँग के आशा गर्छौ ?’ व्यापारी भन्छ– ‘म यति चाहन्छु कि यमराज, तिमिले मलाई लिन आउनु भन्दा केही दिन अगाडि एउटा चिठी पठाएर जानकारी गराउनु ताकि मैले आफ्नो कारोवार छोराछोरीलाई सुम्पन सकुँ ।’ व्यापारीको कुरा सुनेर यमराजले मायाका साथ भने– ‘यो कुन ठूलो कुरो भयो र ? म तिमिलाई लिन आउनु भन्दा पहिला एउटा होइन, तीनवटा फरक–फरक पत्र पठाउनेछु ।’ यमराजको कुराले व्यापारी खुशी भयो । उसलाई अब मृत्युसँग डर लाग्न छाड्यो । दिन बित्दै गयो । एक दिन अचानक यमराजले व्यापारीलाई लिन ‘काल’ पठाए । कालले व्यापारीलाई भन्यो– ‘तपाईको समय सकियो, हामीसँग हिड्नुहोस् ।’ कालको कुरा सुनेर व्यापारी आश्चर्यचकित भए । व्यापारीले यमराजलाई गाली गर्न थाल्यो र भन्यो– ‘तिमी जस्तो साथी हुनु त धिक्कार रहेछ । बचन दिने अनि पूरा नगर्ने ? अलिकति लाजशरम पनि छैन ? मलाई लिन आउनु अघि पत्र पठाउछु भन्ने बचन कता गयो ?’ यमराजले हाँस्दै भने– साथी मैले तिमिलाई तीनवटा पत्र पठाइसकेको छु । व्यापारी – कस्तो पत्र ? कहिले पठायौ ? के प्रमाण छ पत्र पठाएको ? यमराजले भने– पहिलो पत्र तिमिलाई उच्च रक्तचापको पठाएँ । यस्तो बेलामा मानसिक तनाव लिनुहुन्न, जाँड/रक्सी/चुरोट सेवन गर्नुहुन्न, व्यायाम गर्नुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि तिमीले वास्ता गरेनौं । तिम्रो ध्यान पैसा कमाउन मात्र भयो । उच्च रक्तचाप भएको पत्रले तिमि बदलिन्छौ कि भन्ने सोचेको थिएँ । तिमि त झन् डाक्टरले दिएको औषधी पनि खाएनौं । तिम्रो मलाई साह्रै चिन्ता लाग्थ्यो, अब त सुध्रिन्छौ कि भनेर दोस्रो पत्र पठाएँ । त्यो पत्र थियो तिमिलाई सुगर (मधुमेह) रोग लागेको । तिमिले सुगरको जाँच गरायौ । म खुसी भएको थिएँ । करीब एक महिना सुगरको औषधी खायौ पछि छाडी दियौ । तिमि व्यापारमा यती व्यस्त भयौ कि रोग बढ्दै गएपनि डाक्टरलाई देखाउन छाडिदियौ । साथी तिमीले आफ्नो स्वास्थ्यलाई कहिले पनि गम्भीर रुपमा लिएनौ । ब्लडप्रेसर र सुगर भन्ने त ठूलो रोग हो । पहिलो कुरा यस्ता रोग लाग्न नदिएकै राम्रो । यस्ता रोगले आंखा, मिर्गौला, मुटु र दिमागमा प्रत्यक्ष हानि पुरयाइरहेका हुन्छन् । यी दुवै रोगलाई नियन्त्रणमा राख्न जरुरी हुन्छ । औषधी नखाई नियन्त्रणमा नआएमा डाक्टरले भनेअनुसार औषधी खानैपर्छ । समय–समयमा चेकजाँच गरिरहनु पर्छ । यस्ता रोगले चाँप्दै गएमा मैले काल पठाउनै पर्ने हुन्छ । अर्को कुरा, तिम्रो बुबालाई पनि रक्तचाप छ, औषधी खानुहुन्छ । तिम्रो काकालाई ह्दयाघात भएको थियो । आमालाई सुगरको समस्या छ । तिमी सधैै तनावमा रहन्छौ । न खाने ठेगान छ, न सुत्ने । दिनभर व्यापारमा व्यस्त हुन्छौ अनि राती पार्टीमा जान्छौ । अबेला घर आउछौ र सुत्छौ । रक्सी चुरोट पनि पिउछौ । अनि रक्सीसँग खसीको भुटन र बफ सेकुवा नभई हुँदैन । यस्तो जिनवशैली र खानपानले मलाई हानी गरिरहेको त छैन भनी तिमिले कहिले सोच्यौ ? साथी तिमि ले धन त प्रशस्त कमायौ र शरीर भने बिगा¥यौ । सुगर र उच्च रक्तचाप देखिएपछि तिमिले डाक्टरको सल्लाह अनुसार औषधी खाने र चेकजाँच गर्नुपर्ने थियो । तर यो सबै तिमिले आवश्यक सम्झिएनौ । कसरी धेरै पैसा कमाउन सकिन्छ भन्ने मात्र तिम्रो प्राथमिकतामा प¥यो । मलाई अझै याद छ साथी, तिम्रो श्रीमतीले समयकै घर आउनुस्, रक्सी चुरोट छाडिदिनुस् भनेको । तिमिले मान्दै नमाने पछि श्रीमतीले बच्चाको कसम पनि खुवाउनु भयो । तर पनि तिमि सुध्रिएनौं । मानसिक तनाव पनि रक्तचापको प्रमुख कारण हो । यसैको कारण मानिसलाई ह्दयाघातसम्म पनि हुनसक्छ । दैनिक केही समय आराम गर्ने, हप्तामा एक दुइ दिन कामबाट फुर्सद लिएर आफ्नो परिवारसँग रमाइलो गर्र्नेे हो भने पनि मानसिक तनाव कम गर्न सकिन्छ । तिम्रो छोरीले एक दिन बाबा त कस्तो चुरोट र रक्सी जस्तो गन्हाएको भन्दा तिमि झसङ्ग भएका थियौ । डाक्टरले पनि तिमिलाई चुरोट र रक्सी छाड्न सुझाव दिएका थिए । छोरीले गन्हायो भनेपछि मुख कुल्ला गरेर आयौ, तिमिले अब सुध्रन्छौ जस्तो लागेको थियो । तर तिमि अर्को दिनबाट त माउथ फ्रेस्नर पो बोकेर आउन थाल्यौ । तिमीलाई याद छ कि छैन, एकदिन पार्टीको भोलिपल्ट विहान उठ्दा तिम्रो शरीरको दाहिने भाग लुलो भएर उठाउनै नसकेको । उठ्न खोज्दा खुट्टा पनि कमजोर भएर लड्न लागेको । प्यारालाइसिस् नै भयो कि भनेर एम्बुलेन्समा अस्पताल जानुपरेको । तिमिले यस्ता कुराको वास्ता नै गरेनौं । जाँच पश्चात डाक्टरले तिमिलाई उच्च रक्तचाप, हाई कोलेस्टेरोल भएका, सुगर अनियन्त्रित रहेको र यी सबैको कारण दिमागमा रगत प्रवाह गर्ने रक्तनलीहरु सांगुरिएर यस्तो अवस्था आएको बताएका थिए । मेडिकल भाषामा यसलाई स्ट्रोक भनिन्छ । स्ट्रोक मैले पठाएको तेस्रो पत्र थियो तिमिलाई । तर तिमीले मेरो तस्रो पत्रको पनि वास्ता गरेनौं । तिम्रो बानि सुध्रिएन । फेरि दुई–चार दिन औषधी खायौ र छाड्यौ । डाक्टरले भनेको मानेनौ । टुंट, टुंट, टुंट………अस्पतालमा मनिटर एकोहोरो कराइरहेको छ । औषधी दिनका लागि व्यापारीको नाडीमा क्यानुला लगाइएको छ । व्यापारी अहिले फेरी अस्पतालको आइसियूमा भर्ना भएको छ । छेउमा रहेको कुुर्सीमा उसको श्रीमति मलिनो अनुहार लिएर बसेकी छिन् । हिजो उसलाई ठूलै हर्टअट्याक भएर अस्पताल भर्ना गरिएको छ । उपचार पश्चात उ भर्खर हल्का होस्मा आएको छ । ऊ उठ्न खोज्दैछ………नर्सहरु आत्तिएर आउँछन्…… उसलाई नउठ्न भन्छन् । डाक्टरले रिपोर्ट हेर्दै भन्दै थिए, ठूलै हर्टअट्याक भएको रहेछ । उहाँको त एन्जियोग्राम गर्नुपर्छ । फेरि केही रिपोर्ट पल्टाएर भने, ओहो अहिले एन्जियोग्राम त गर्नै नमिल्ने रहेछ । त्यसमाथी दुईवटै किड्नी फेल भइसकेको रहेछ । यस्तो अवस्थामा मान्छे धेरै बाँच्दैन भन्ने व्यापारीले सुनेको रहेछ । उसलाई बल्ल श्रीमती र ७ कक्षा पढ्दै गरेको छोरीको याद आउन थाल्यो । उसको आँखाबाट तरर आँसु झर्यो । अहिले उसलाई पुराना कुराहरु चलचित्रका दृश्यहरुझैं आँखामा आइरहेको छ । डाक्टरको कुरा मानेको भए यस्तो अवस्था आउने थिएन भनी उसलाई आत्मगलानी भएको छ । बल्ल बुझ्यो उच्च रक्तचाप र सुगरमा लापरवाही गर्दा यस्तो अवस्था आउँछ भन्ने । मानिसहरुलाइ अझैपनि ब्लडप्रेसर, सुगर भन्ने कति खराब रोग हो भन्ने जनचेतना छैन । रक्सी, चुरोट, सूर्ती सेवन आदिले मुटु, फोक्सो खराब गर्छ भन्ने थाहा हुँदाहँदै पनि यस्ता कुराहरु सेवन गर्न छाड्दैनन् । तनावै तनावमा मानिसको दिन बित्छ । उसले अहिले थाहा पायो– सम्पूर्ण रोगहरुको कारण ब्लडप्रेसर नै रहेछ भन्ने । र ब्लडप्रेसरसँगै मानसिक तनाव, अस्वस्थकर खानपान र जीवनशैलीका कारण सुगर पनि देखा परेको रहेछ । ब्लडप्रेसर र सुगरका कारण उसको मिर्गौला खराब भएको रहेछ । उसलाई लाग्यो – मैले सुरुदेखि नै डाक्टरको सल्लाह मानेको भए शायद यो दिन देख्न पर्दैनथियो कि ? अब त ह्दयाघात भयो, मुटु काम नलाग्ने बन्यो, मिर्गौला पनि काम नलाग्ने भयो । करोडौं कमाएँ तर शरीर त पुरै बिग्रिसकेछ । उ अाँंखा चिम्म गर्छ । कसैसँग संवाद गरिरहेको जस्तो गरी मुख चलाँंछ । काललाई एक छिन रोकेर उ यमराजसँग कुरा गर्दै थियो । उसको उपचार पनि डाक्टरको नियन्त्रण बाहिर गइसकेको छ । उसले यमराजकै पत्र (रोग) लाई चिन्न सकेन । र आज मृत्युवरण गर्नुप¥यो ।

Thursday, 4 August 2016

गजल, पौरखले भरिएकी आमा मेरि

पौरखले भरिएकी आमा मेरी यीनै हुन् ममताले सिन्चिएकी आमा मेरी यीनै हुन् ।। जन्मदिंदा प्रसवको पीड़ा पनि छिपाएरै मझेरीमा तेर्सिएकी आमा मेरी यीनै हुन् ।। सन्तानको खुशी हेर्न जे नि गर्न सक्ने गरी साहसले बाँधीएकी आमा मेरी यीनै हुन् ।। मृत्युसम्मै दु:ख गर्ने बिनास्वार्थ मायाँ भर्ने ईश्वरसंगै उब्जिएकी आमा मेरी यीनै हुन् ।। संसारमा सबैभन्दा महान अनि उच्च भन्दै प्रशंसामा लेखिएकी आमा मेरी यीनै हुन् ।। मुग्लानी दिपक थापा -अग्लुङ्ग,गुल्मी हाल~ मरुभूमिको छाती अरब