Friday, 24 November 2017

गजल~ चालीस कट्न थालिसके रमाउन आउ प्रिय

Dipak kshetri thapa

चालीस कट्न थालिसकेँ रमाउन आऊ प्रिय
चिरिएका खस्रा हात समाउन आऊ प्रिय

बन्धकीको खेतबारी फर्काउन नसके नि
दुइचार पैसा साहुको हात थमाउन आऊ प्रिय

कुह्यो खर, उम्र्यो झार तारामण्डल छानो भयो
उधारेर जस्ता पाता जमाउन आऊ प्रिय

न जन्मदा थियौ यहाँ न त थियौ पास्नी हुँदा
हुर्किएकी जेठी छोरी अन्माउन आऊ प्रिय

लाउँदिन यो सिक्री औँठी बेची रिन तिर्छु बरु
अब आफ्नै पाखो जोती कमाउन आऊ प्रिय

गजल: कृष्णकला भण्डारी कँडेल,